तिला गाउँपालिकामा किडार्क नेपाललाई प्रतिबन्ध
२० वैशाख २०७८
•
४ मिनेट पाठ
तिला गाउँपालिकामा किडार्क नेपाललाई प्रतिबन्ध
जुम्लाको तिला गाउँपालिकाले गैर सरकारी संस्था, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) नेपाललाई प्रतिबन्ध गरेको छ । गाउँ कार्यपालिकाको बैठकले सेवा दिने नाममा राजनीति गरेको भन्दै गाउँपालिकाको १ देखि ९ वटै वडासम्म कार्यक्रम सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।




यही वैशाख ९ गते बसेको गाउँ कार्यपालिका बैठकले सो गैर सरकारी संस्था किडार्कलाई गाउँपालिकाका कुनैपनि वडामा सञ्चालन हुन नदिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा बसेको बैठकले किडार्कले सञ्चालन गरेको कार्यक्रम गर्न नदिने गरी पहिलो निर्णय गरेको थियो ।

गाउँ कार्यपालिकाको बैठकमै किडार्क सञ्चालन गर्न नदिने प्रस्ताव आएपछि सो निर्णय गरिएको अध्यक्ष रतननाथ योगीले जानकारी दिए । उनले भने, ‘यद्यपि बैठकमा आएको प्रस्तावले किडार्क सञ्चालन हुन नदिने निर्णय हतारमा भयो । तत्कालै यो निर्णय नगरौं भन्दा कार्यपालिकाका सदस्यले जोड गरेपछि मैले पनि हस्ताक्षर गरे,गाउँपालिका अध्यक्ष योगीलाई उदृध गर्दै सञ्चारकर्मी सुरजकुमार सिंहले भने,‘ किडार्क सञ्चालनमा रोक लगाउन गरेको निर्णयमा हस्ताक्षर गरिसकेका उनले संस्थालाई सच्चिने कुरामा पुनर्विचार गर्नुपर्ने विचार व्यक्त गरे ।’  

‘कार्यपालिकाको बैठकमा संस्थाका विभिन्न कुराहरु निकालेर कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय भयो,’ सुरजकुमार संग अध्यक्ष योगीले भने,‘तथापि संस्थामा गलत गर्ने कर्मचारीहरुलाई कारवाही गरेर किडार्कलाई सच्चिने कुरालाई मौका दिनुपर्छ जस्तो लाग्छ यद्यपि निर्णय भईसकेको छ ।’

तिला गाउँ कार्यपालिकाका उपाध्यक्ष बिष्णु बुढाले किडार्क तिलामा सामाजिक काम गर्ने भन्दा राजनीतिक गतिविधि बढी देखिएकाले गाउँ कार्यपालिकाको बैठकबाट ९ वटै वडामा कार्यक्रम सञ्चालन गर्न नदिने निर्णय गरिएको बताईन् । ‘एउटा गैर सरकारी संस्थाले सामाजिक सेवा गर्ने हो तर यहाँ त्यसो भएन,’ उनले भनिन्, ‘सामाजिक सेवाको सट्टा किर्डाकले पार्टीको राजनीतिक प्रचार गर्ने, संस्थालाई सामाजिक बनाउने भन्दा पार्टी र त्यसमा निश्चित गुटभित्रका व्यक्तिको भर्ति केन्द्र बनाउने काम भएको छ । ’

‘त्यतिमात्र होइन, उक्त संस्थाले गाउँपालिकामा सामाजिक सद्भाव भड्काउने, समुदाय तथा नागरिकहरुमा आपसी द्वन्द्व ल्याउने काम गरेको छ,’ उनले थपिन् ‘त्यो सिङ्गो गाउँ सरकारका लागि आपत्तिजनक कुरा हो । तिलामा अन्य सामाजिक संघ/संस्थाहरुले पनि आफ्नो कार्यक्रम सञ्चालन गरेका छन् । तर ती गैर सरकारी संस्थाहरुको नाम किन आएन त ? भन्ने कुरा पनि त बुझ्न आग्रह गर्दछु ।’ अरु संस्थाहरु आफ्नो उद्देश्य अनुरुप चल्दै आएको उनको भनाई थियो ।  

तिला गाउँ कार्यपालिकाका प्रवक्ता सन्तबिर रावतले किर्डाकको आफ्नै गतिविधिका कारण गाउँपालिकानिका कुनै पनि वडामा कार्य सञ्चालन गर्न नदिने निर्णय गरिएको जानकारी दिए । उनले भने, ‘किडार्कलाई राजनीतिक पूर्वाग्रह साट्न खोजेर निर्णय गरियो कसैले भन्छ भने ती व्यक्तिले नै किडार्कलाई सामाजिक संस्था भन्दा राजनीतिक औजारका रुपमा तिलामा प्रयोग गर्न लगाईयो भनेर हामी भन्छौं ।’ गाउँ कार्यपालिकाले निर्णय गरिसकेकाले त्यो सम्बन्धित संस्थाले बुझ्नुपर्ने उनको भनाई छ ।    

नेपाली काँग्रेसका नेता चक्रबहादुर शाहीले किडार्कको काम, व्यवहार, गतिविधि र असुहाउँदो हाईफाईले त्यो समस्या आएको बताए । ‘गाउँ सरकारले नै तिलाका कुनैपनि वडामा किडार्कका कार्यक्रम सञ्चालन गर्न नदिने आधिकारिक निर्णय गरिसकेको छ,’ उनले भने, ‘सामाजिक संस्थाका रुपमा काम गर्दै आएको किडार्कको गतिविधि सामाजिक संस्थाको उद्देश्य अनुरुपको पाउन सकिएन । त्यसमा सम्बन्धित संस्था नै सच्चिएर आउन प्रतिवद्ध देखिएन । अरुलाई दोष दिने कुरै भएन ।’  

त्यस्तै, तिला गाउँपालिकाको वैशाख ५ गते बसेको सर्वदलीय बैठकमा सहभागी दलहरुले सामूहिकरुपमा अध्यक्ष योगीको क्रियाकलाप र व्यवहारले गाउँपालिका, यहाँका पार्टी र नागरिकको शोभा घट्ने, नैतिकतामाथि प्रहार हुने गरी काम भएको आरोप लगाएका छन् । नेकपा एमालेका तर्फबाट तिला गाउँपालिकाका अध्यक्ष हरिबहादुर शाही, नेपाली काँग्रेसको तर्फबाट नन्दबहादुर शाही, नेकपा माओवादी केन्द्रका तर्फबाट ज्वारीलाल भट्टराई, केन्द्रका सचिवालय सदस्य मुनिराम बिक र स्वतन्त्र नागरिक संयोजक दिपबहादुर शाहीले संयुक्त हस्ताक्षर गरी गाउँपालिकालाई तत्काल सार्वजनिक सुनुवाई गर्न माग गरेका छन् ।

सर्वदलीय, सर्वपक्षीय बैठकले उक्त प्रस्तावको कार्यान्वयन गर्न गाउँ सरकारको ध्यानाकर्षण गराएको छ । प्रस्तावित मागको बेलैमा सुनुवाई नगरेमा चरणवद्ध आन्दोलनलाई निरन्तरता दिने चेतावनी सो ध्यानाकर्षण पत्रमार्फत दिईएको छ ।
अर्को समाचार
जुम्लाको गुठिचौर र तिला गाउँपालिकाका कर्मचारीले बहिष्कार गरे निजामती दिवस
२२ भदौ २०८०
•
१ मिनेट पाठ
जुम्लाको गुठिचौर र तिला गाउँपालिकाका कर्मचारीले बहिष्कार गरे निजामती दिवस
जुम्लाको गुठिचौर गाउँपालिका र तिला गाउँपालिकाका कर्मचारीले निजामती दिवस बहिष्कार गरेका छन्।




संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौँ २२ गते निजामती सेवा दिवस मनाउने परिपत्र गरेपनि गुठिचौर र तिलाका कर्मचारीले भने दिवस बहिष्कार गरेका हुन्।

स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा सुविधा, वृद्धि विकाको सुनिश्चिता नभएको र प्रस्तावित निजामती सेवा विद्येयकको मस्यौदामा स्थानीय तहका कर्मचारीलाई निजामति सेवाको परिभाषामा नसमेटेको भन्दै बहिष्कार गरेका हुन्।

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी बीच विभेद गरेको हुँदा निजामती सेवा दिवस मनाउन उपयुक्त नहुने ठानेर बहिष्कार गरेको गुठिचौर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बालराम नेपालीले बताए।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस