नेपाली सेना गोरख दल गण, पाल्पाले तानसेनमा निशान भगवती मन्दिर निर्माण गरेको छ। एक करोड लागतमा मन्दिरसँगै सुन्दर बगैंचा, आर्कषक पाल्पाली करुवा, प्रेमको प्रतीक रानीमहल, संघीय नेपालको नयाँ नक्सा, पर्यटकीय स्थल श्रीनगरबाट देख्न सकिने हिमशृङखलाका दृश्य, पाल्पाली ढाका अंकित चित्र, शुद्ध पिउने पानी र आर्कषक दुबोको बगैंचा निर्माण सम्पन्न गरेको हो।
मन्दिरको बुधबार प्रधान सेनापति पुर्णचन्द्र थापाले उद्घाटन गरे। स्वास्थ्य मापदण्ड अनुरुप सामाजिक दूरी कायम गरी प्रधानसेनापति थापाले मन्दिरको उद्घाटन गरेका हुन्।
जिल्लाका स्थानीय सरकार तानसेन नगरपालिका, बगनासकालि गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र स्थानीय पाल्पाली नागरिकको योगदानमा निशान भगवती मन्दिरको निर्माण भएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष भिमसेन कार्कीले बताए।
उनले निशान भगवती मन्दिरमा निर्माणमा पाल्पास्थित नेपाली सेनाको गोरखदल गणको सक्रिय योगदान, मध्यम पश्चिम पृतना मातहतका सबै नेपाली सेनाका २३ वटा युनिटहरुबाट आर्थिक सहयोग भएको र ५१ प्रतिशत सहयोग स्थानीयको रहेको बताए।
सो अवसरमा उपभोक्ता समितिका अध्यक्ष भिमसेन कार्की र कोषाध्यक्ष भुगोलप्रसाद बैजु श्रेष्ठलाई प्रधानसेनापति प्रंशसा निशानी चिन्हबाट सम्मान गरिएको छ।