महामारीमा उपमेयर राईको गाडी नै एम्बूलेन्स !
२८ वैशाख २०७८
•
२ मिनेट पाठ
महामारीमा उपमेयर राईको गाडी नै एम्बूलेन्स !
गाडीसँगै हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राई । तस्बिर : नागरिक
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफूले प्रयोग गर्दै आएको गाडी कोभिड–१९ को महामारीमा एम्बूलेन्सका रुपमा उपयोग गर्न नगर स्वास्थ्य शाखालाई उपलब्ध गराएकी छन् । 




पशु विभागले नगरपालिकालाई हस्तान्तरण गरेको बा १ झ ६४२४ नम्बरको गाडी उपमेयर राईले कोभिड–१९ विरुद्धको स्वास्थ्य अभियान सञ्चालनदेखि संक्रमित बोक्नका लागि नगरको स्वास्थ्य शाखा संयोजकलाई उपलब्ध गराएकी हुन् । आफूले चढ्दै आएको गाडीलाई कोभिड–१९ विरुद्धको सचेतनामुलक अभियानकाक्रममा स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा पुग्न, आवश्यक औषधि तथा सामग्री स्वास्थ्यचौकीमा पुर्‍याउन र संक्रमितलाई आइसोलेसन वा अस्पतालसम्म पुर्‍याउने प्रयोजनका लागि स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको उपमेयर राईले बताइन् ।  

उपमेयर राईले एम्बूलेन्सकारुपमा उपयोग गर्नेगरी गाडी उपलब्ध गराएपछि हाल नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सोही गाडी लिएर नगरपालिकाका ११ वटै वडामा पुगेर कोभिड–१९ विरुद्ध जनचेतनामुलक कार्यक्रम प्रवाह गर्ने, स्वास्थ्यचौकीमा औषधि तथा उपकरण पुर्‍याउने लगायतका काम गरिरहेका छन् । भोलिका दिनमा महामारी बढ्दै गए र बिरामी ओसार्नु परेको खण्डमा त्यही गाडीलाई एम्बूलेन्सकारुपमा उपयोग गरिने उपमेयर राईले बताइन् ।  

बिरामी बोक्नका लागि नगरपालिकामा एम्बूलेन्स नभएको होईन । तर, भएको एम्बूलेन्स ‘कन्डिसन’मा छैन । कोभिड–१९ को महामारीका बेला २०७७ साल जेठ ६ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक युवालाई कोभिड संक्रमण भएको पुष्टि भयो । उनलाई तत्काल कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर पुर्‍याउनु पर्ने थियो । तर, मर्मत गरेर राखेको एम्बूलेन्स भरपर्दो भएन । संक्रमितलाई अस्पताल पुर्‍याउनका लागि अन्य सवारी साधनको खोजी गरिए, गाडी पाउन गार्‍हो भयो । 

भाडामा गाडी पाइयो तर चालक गाडी चलाउन तयार भएनन् । बल्लतल्ल चालकलाई तयार पारेपछि संक्रमितलाई अस्पतालसम्म पुर्‍याइएको थियो । यसपल्टको कोभिड–१९ को महामारीमा पनि तत्काल बिरामीलाई आइसोलेसन सेन्टर वा अस्पताल पुर्‍याउनका लागि सवारी साधनको समस्या नहोस् भन्नका लागि स्वास्थ्य शाखालाई गाडी उपयोग गर्न दिइएको उपमेयर राईले बताइन् ।

‘पोहोर गाडी नपाएर बिरामीलाई अस्पताल लैजान आपत पर्‍यो । जसोतसो गाडी त पाइयो, चालक नमान्ने । बल्लबल्ल काम गरियो । बिरामीलाई आइसोलेसन सेन्टर वा जिल्ला बाहिर लैजान परे तत्काल अरु गाडी व्यवस्था गर्न सकिन्न । अरु गाडी दिँदैन पनि । यसपल्ट पनि त्यही समस्या होला भनेर यही गाडी चलाउन दिइएको हो,’ उपमेयर राईले भनिन्, ‘बिरामी बोक्नुपर्ने अवस्था नभएसम्मका लागि स्वास्थ्यकर्मीले आवश्यकता अनुसार आफ्नो काममा उपयोग गर्छ । भोली बिरामी ओसार्न परेको खण्डमा त्यही गाडीले ओसार्छ । संकटको बेला स्वास्थ्यकर्मीलाई पनि सहज होस् र बिरामी बोक्न पनि सहज होस् भन्ने तयारी हो ।’  

नगरपालिकामा हालसम्म ११ संक्रमित भेटिइसकेका छन् । स्वास्यकर्मी सोही गाडी चढेर संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा ‘फलोअप’मा गइरहेका छन् । वर्षा सुरु भएकाले कतिपय सडकमा बाईक हिँडाउन समस्या हुने भएकाले पनि स्वास्थ्यकर्मीका लागि गाडी सहज हुने उपमेयर राईले बताईन् ।
अर्को समाचार
हलेसीमा आँखा शिविर, ५ दर्जनको मोतियाबिन्दु उपचार
२२ कार्तिक २०७९
•
२ मिनेट पाठ
हलेसीमा आँखा शिविर, ५ दर्जनको मोतियाबिन्दु उपचार
आँखा शिविरमा सल्यक्रिया गरेका जेष्ठ नागरिकहरु। तस्विरः महेश्वर
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ३ दिने ‘निशूल्क आँखा जाँच शिविर’ सम्पन्न भएको छ। नगरपालिकाको ७ नं. वडास्थित हलेसीमा आयोजित शिविरमा ७ सय ६५ जनाको आँखा जाँच गरिएकोमध्ये फेला परेका एक बालकसहित ६२ जनाको मोतिया बिन्दुको शल्यक्रिया (अप्रेसन) गरिएको छ।  




शनिबारदेखि सोमबारसम्म सञ्चालित शिविरमा हलेसी तुवाचुङसँगै जिल्लाका बिभिन्न स्थानीयतह तथा छिमेकी जिल्लाहरु ओखलढुंगा, उदयपुर र सोलुसम्मबाट आँखा जाँच गर्न बिरामी आएको आयोजकले जनाएको छ। हलेसी तुवाचुङ नगरले नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको नगरप्रमुख बिमला राईले बताईन्।  

मेयर राई र उपमेयर रमेश राउतले संयुक्त उद्घाटन गरेको शिविरमा पहिलो चरणको कोभिड महामारीअघि नगरले गरेको ‘घरदैलो अभियान’, गत असोजमा सम्पन्न विश्व दृष्टि दिवसको अवसरमा हलेसी तुवाचुङ ३ च्यास्मीटारको ‘आँखा उपचार शिविर’, केही समयअघि हलेसीमा आयोजित ‘ज्येष्ठ नागरिक आँखा जाँच तथा चश्मा वितरण शिबिर’ र अहिलेको शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानबाट आएको १४ जना प्राविधिक टोली परिचालित शिविरमा आँखामा पलाएको मासु अप्रेसन गरी हटाइएको छ। उनीहरुलाई आवश्यक औषधि निःशूल्क वितरण गर्नुका साथै सुपथ मूल्यमा चस्मा बिक्री बितरणसमेत गरिएको मेयर राईले बताईन्। उनका अनुसार आँखाका बिरामी नगरबासीको स्वास्थ्य उपचारका लागि बिभिन्न अवसरमा आँखा जाँच तथा शिविर कार्यक्रम राखेको र त्यसमा पत्ता लागेका मोतिया बिन्दुलगायत बिभिन्न आँखा रोगीको निःशूल्क अप्रेसन र सुपथ मूल्यमा चस्मा बितरण गरिएको हो।  

मोतिया बिन्दु भएका, आँखामा मासु पलाएका, मासुको डल्लो भएका, परेला आँखाभित्र पसेकोलगायत समस्याका सर्वसाधारणलाई लक्षित गर्दै आयोजित शिविरले धेरैलाई फाईदा पु¥याएको नगरप्रमुख राई बताउँछिन्। आँखा गुमाएका खासगरी बृद्धबृद्धाले शिविरमा अप्रेसनपछि निशूल्क औषधि पाउनुका साथै ज्योति फर्केपछि खुसी भएको देख्दा आफुलाई आनन्द महसुस भएको पनि मेयर राईले बताईन्।  

आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले निःशूल्क आँखा जाँच शिविरले गुमेको ज्योति फर्काउन सक्ने भएकाले बेलाबेला यस्ता शिविरहरु सञ्चालन गर्ने गरेको बताए। शिविरमा प्राय गरी लठ्ठी टेकेर आउने जेष्ठ नागरिक बृद्धबृद्धाहरुको संख्या अधिक रहेको थियो। अन्धो अवस्थामा आएका उनीहरु आँखा देख्ने भएर फर्कदा आयोजक र जनप्रतिनिधिलाई आशिर्वाद दिएर फर्केको श्रेष्ठले बताए।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
यो पनि पढौँ
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस