अटो रिक्सा दुर्घट्नामा परी खोटाङमा एक किशोरको मृत्यु भएको छ । मंगलबार जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको घोर्लेबाट बिरामी बोकेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी जाँदै गरेको लु १ स ०३५० नम्बरको अटो रिक्सा दुर्घटना हुँदा गम्भीर घाइते भएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको हो । थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीले रेफर गरेपछि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा परियारको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले बताए ।
घोर्लेबाट चिसापानी जानेक्रममा सामुदायीक भवनडाँडाको तारेभीरमा अटो रिक्सा पल्टिँदा गोकुलसहित जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका चालक ३३ वर्षीय जीवन राई, उनकै ७ महिनाको छोरा जर्मन राई, घोर्लेका १६ वार्षीय मनिराम राई र ६३ वर्षीय रत्नबहादुर राई घाईते भएका थिए । अटो दुर्घट्नामा चालक जीवन र गोकुल गम्भीर घाइते बनेका थिए । एम्बूलेन्समा हालेर धरान लैजानेक्रममा गोकुलको चतरामा पुगेपछि मृत्यु भएको हो । अन्य बिरामीलाई अस्पताल पठाएर उनको शवलाई गाउँ फर्काउने तयारी भइरहेको प्रहरी निरीक्षक शाहले बताए ।
घाइतेमध्ये जीवन, जर्मन, गोकुल र रत्नबहादुरलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । अटो रिक्सा सडकको मोडमा व्याक गरी घुमाउनेक्रममा करिब ५÷६ सय मिटर तल बिस्टोंपा खोलामा पुगेको स्थानीयले बताएका छन् । घट्ना लगत्तै ईलाका प्रहरी कार्यालय चिसापानी र ईलाका प्रहरी कार्यालय सईको कमाण्डमा खटिएको प्रहरी र स्थानीयवासीले घाइतेको उद्वार गरेका थिए ।