काठमाडौं-उपत्यकाको सडक विस्तारको काममा सरकारका सातवटा निकाय दुई वर्षदेखि क्रियाशील छन्। तर, दुई वर्षमा जम्मा ४० किलोमिटर सडक कालोपत्रे भएको छ।
सरकारले दुई वर्षभित्र उपत्यकाका विभिन्न सडक खण्डको १ सय ५० किलोमिटर निर्माण सक्ने लक्ष्यका साथ ०६९ जेठबाट निर्माण सुरु गरेको थियो। विस्तारका लागि सडक भत्काउने काम भने तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा ०६८ मंसिरबाट सुरु भएको थियो।
सरकारले सडक निर्माणको जिम्मा काठमाडौं उपत्यका सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय काठमाडौं, डिभिजन सडक कार्यालय भक्तपुर, डिभिजन सडक कार्यालय ललितपुर, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र अधिकारसम्पन्न वाग्मती सभ्यता गरी सातवटा निकायलाई दिएको छ। डेढ वर्षको अवधिमा यी सबै निकायले मुस्किलले ४० किलोमिटर सडकमात्र कालोपत्र गरेका छन्। निकाय धेरै भए पनि काममा भएको ढिलाइका कारण बाँकी रहेको ६ महिनाभित्र १ सय १० किलोमिटर सडक निर्माण हुन असम्भव देखिएको छ।
सडक निर्माणका लागि दुई वर्षको अवधिमा झन्डै चार अर्ब रुपियाँ खर्च भइसकेको छ। अझै सबै काम सक्न थप तीन अर्ब रुपैयाँ लाग्ने निर्माणमा संलग्न निकायले बताइरहेका छन्। लक्ष्यअनुसार निर्माण ढिलाइ हुनुमा सम्बन्धित निकायले ठेकेदारलाई दोष दिइरहेका छन्। तर, ठेकेदार कम्पनी भने सरकारकै कारण निर्माण ढिलो भएको बताउँछन्।
आयोजना प्रमुख श्याम खरेलका अनुसार सम्झौताअनुसार कामको जिम्मा पाएका ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको भए लक्ष्यअनुसार असार अन्तिम सातासम्म उपत्यकाका सबै सडक कालोपत्रे भइसक्थ्यो। 'केही काम ठेकेदारका कारण ढिलो भएको छ भने केही सरकारकै अन्य निकायले सहयोग नगर्दा ढिलो भएको छ,' उनले भने, ...हामी कामलाई तीव्रता दिइरहेका छौं।' उनका अनुसार सडक निर्माणका लागि सबै निकायका तर्फबाट तीनै जिल्लामा गरी करिब ७० वटा ठेकेदार कम्पनीले काम गरिरहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं काठमाडौं उपत्यका सडक विस्तारित उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि बाँस्कोटा पनि काम ढिलो भएको स्विकार्छन्। उनी निर्माणको काममा ढिलो गर्ने सरकारी निकायदेखि ठेकेदार सबैलाई कारबाही गर्ने बताउँछन्।
सडक पुनर्निर्माण समयमै नसक्नेलाई कारबाही गर्ने बताउँदै आएका सचिव बास्कोटाले दुई वर्षको यो अवधिमा नत हालसम्म कसैलाई कारबाही गरेका छन्, न सडक पुनर्निर्माणले गति नै लिएको छ। दुई वर्षको यो अवधिमा उनको ६ दर्जनभन्दा बढी निर्देशनलाई बेवास्ता गर्दै जिम्मेवार निकायका पदाधिकारी तथा ठेकेदार भने सडक निर्माण हुन नसक्नुमा दिनहुँ नयाँनयाँ बहाना बनाइरहेका छन्। बास्कोटाले सडक पुनर्निर्माण चाँडो गर्नेलाई पुरस्कार दिने र ढिला गर्नेलाई कालोसूचीमा राखी कारबाही गर्ने बताएको एक वर्ष बित्दा पनि लागु भने भएको छैन।
सडक विभागका एक कर्मचारी बास्कोटाको भनाइ सधैं बोलीमै सीमित हुने बताउँछन्। 'सडक निर्माणमा क–कसले ढिलो गरेका छन्, कसले अटेर गरेको छ भन्ने छर्लंग छ,' उनले भने, 'उहाँ भने सधैं कारबाही गर्छु भनेर भाषण गर्नुहुन्छ तर व्यवहारमा देखाउन सक्नुहुन्न।'
शनिबार पनि बास्कोटाले काममा ढिलो गर्नेलाई कालोसूचीमा राख्ने बताएका छन्। विस्तारित सडकको स्थलगत अनुगमनका क्रममा उनले ढिलो गर्ने सरकारी कर्मचारीदेखि ठेकेदार सबै कारबाहीको भागीदार हुने बताएका हुन्। 'आमजनताले छिट्टै पिच हुनुपर्यो भनिरहेका छन्, यस स्थितिमा सरकारी कर्मचारीबाट ढिलो भएको भए ती कारबाहीको भागीदार हुन्छन्,' उनले भने, 'निर्माण व्यवसायीले हेलचक्रयाइँ गरेको हो भने तिनलाई सचेत गराउने, त्यसले पनि नटेरे ठेक्का तोडी कालोसूचीमा राख्ने निर्णय गर्न हिच्किचाहट गर्नुहुन्न।' उनले उच्च मनोबलका साथ काम गर्न निर्माणमा संलग्न इन्जिनियरलाई निर्देशन दिएका छन्।
दुई वर्षको यो अवधिमा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले १६ वटा सडक खण्डमा ३२ किमि सडक निर्माणको जिम्मेवारी रहेकोमा ९दशमलव १५ किमि कालोपत्र गरेको छ। आयोजनाले हाल माइतीघर–तीनकुने खण्डमा १८ सय १० मिटर र गौशाला–बानेश्वर–शंखमुल खण्डमा १७ सय मिटर सडक कालोपत्रे गर्ने तयारी गरेको छ।
डिभिजन सडक काठमाडौंअन्तर्गत ३२ वटा सडक खण्डमा ३६ दशमलव ९२ किमि सडक निर्माणको जिम्मेवारी रहेकोमा ११ दशमलव ५८ किमि कालोपत्रे भइसकेको छ भने डिभिजन सडक ललितपुरको जिम्मामा २७ वटा सडक खण्डको २९ दशमलव ९० किमि सडकमध्ये ७ दशमलव ६६ किमि कालोपत्रे भएको छ। यसैगरी डिभिजन सडक भक्तपुरको ६ वटा सडक खण्डमा ८ दशमलव २९ किमि सडक निर्माणको जिम्मेवारी रहेकोमा १ दशमलव ०९ किमि कालोपत्रे भएको छ।
काठमाडौं महानगरपालिकाले यो अवधिमा ६ दशमलव १० किमि सडक कालोपत्रे गरेको छ। महानगरपालिकालाई विभिन्न सातवटा सडक खण्डमा २१ दशमलव ७० किमि सडक निर्माणको जिम्मेवारी दिइएको थियो। ललितपुर उपमहानगरपालिकाले गत वर्ष ३ किमि कालोपत्रे गरेको छ भने अधिकारसम्पन्न वाग्मती सभ्यताले २ किमि सडक कालोपत्रे गरेको छ।
सडक कालोपत्रे गर्न आन्दोलन
सरकारले विस्तारको काम थालेर सडक अलपत्र छाडेको भन्दै लाजिम्पाट क्षेत्रका स्थानीयले आन्दोलन गरेका छन्। शुक्रबार लाजिम्पाटबासीले भत्काइएको सडक तत्काल बनाउन माग गर्दै आन्दोलन गरेका हुन्।
विस्तारका लागि भत्काइएको संरचना निर्माण नगरी छड्दा सडक धुलाम्मे भएको, सडकमा भएका खाल्डाखुल्डीका कारण दुर्घटना बढेको, धुलाम्मे सडकले स्थानीयको स्वास्थ्यमा समस्या आइरहेको र पैदलयात्रीलाई हिँड्न समस्या परेकाले छिटो निर्माण गर्न माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।