कैलाली जिल्लामा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमणले बिहिवार एकैदिन १० जनाको मृत्यु भएको छ। कोरानाको संक्रमण दर र मृत्युदर कैलालीमा तीव्ररूपमा बढेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा कोरानाको संक्रमणले अहिले सम्म १ सय ३२ जनाको मृत्यु भैसकेको छ। पहिलो लहरको कोरोना संक्रमणले ३१ जनाको मृत्यु भएको थियो। बैशाख १२ गते १ जनाको ज्यान गएकोमा त्यसयता कैलालीमा १ सय १ जनाको मृत्यु भएको छ । कैलालीमा दोश्रो लहरको कोरानाको संक्रमण पछिल्लो अढाई साता यता तीव्ररूपमा बढ्दै गएको छ ।
कैलालीमा ३ हजार ८ सय ६९ सक्रिय संक्रमित रहेका छन्। कोरानाको संक्रमण तिव्र रुपमा फैलिदाँ सेती प्रादेशकि अस्पताल लगायत निजी अस्पताल संक्रमितले भरिभराउ भएका छन् । अस्पतालमा आईसियु, भेन्टिलेटर खाली छैन। बेड समेत पाउन मुस्किल छ। अक्सिजनको हाहाकार भएको छ। अक्सिजन नपाएर संक्रमितको ज्यान गैरहेको छ