दाङमा रगत अभाव
२६ मंसिर २०७०
•
१ मिनेट पाठ
दाङमा रगत अभाव
दाङ - दाङमा केही समय यता रगतको चरम अभाव देखिएको छ। नियमित रुपमा रक्तदान गर्ने संघसंस्थाहरुले लामो समयदेखि संस्थागत रुपमा रक्तदान नगरेकाले जिल्लाको एकमात्र व्लड वैंकमा रगत अभाव भएको हो।नेपाल रेडक्रसद्धारा घोराहीमा सञ्चालित व्लड वैंकमा रगत अभाव भएपछि रगतको आवश्यक्ता पर्ने बिरामीहरुलाई सास्ती बेहोर्नु परिरहेको छ। अस्पतालमा उपचारका लागी जाने बिरामीहरु आँफैले रगतको जोहो गर्नुपर्ने अवस्था रहेको छ। यस्ता बिरामीहरुका आफन्तीहरुले पहिले रगतदान गरेका ब्यक्तिहरुको लिष्ट हेरेर रगतका लागि हारगुहार गरिरहेका छन्।
‘पर्याप्त मात्रामा रगत छैन,रगत खोज्न आउनेहरु आँफैले पहिले रगतदान गरेका ब्यक्तिहरुको खोजी गरेर हारगुहार गर्नु पर्ने अवस्था छ,' व्लड वैंकका ईन्चार्ज दिलीप न्यौपानेले भने।
जिल्लामा सामान्यतया मासिक १ सय युनिट रगतको आवश्यक पर्दछ। तर अहिले यो परिमाणमा रगत संकलन हुन सकेको छैन। पर्याप्त रगत संकलन हुन नसकेका कारण रगतको खोजीका लागि व्लड वैंकमा धाउने बिरामीका आफन्तहरु रगतदाताहरुको खोजीमा लाग्ने गर्दछन्।


अर्को समाचार
दाङमा रगत अभाव
०९ कार्तिक २०७६
•
४ मिनेट पाठ
दाङमा रगत अभाव
दाङ – दाङमा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले रगतको माग बढेको छ। त्यसका कारण जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ। बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै हुन सकेको छैन।




रक्त सञ्चार केन्द्र दाङका अनुसार अझै २० प्रतिशत बिरामीले आफन्तबाट नै रगत लिने गर्दछन्। दैनिक १०/१५ युनिट रगत आवश्यक पर्ने जिल्लामा मासिक सरदर ३०० युनिट रगतको आवश्यकता पर्ने रक्त सञ्चार केन्द्रले जनाएको छ। तुलसीपुर र घोराहीका रक्त सञ्चार केन्द्रका लागि गत आर्थिक वर्ष २०७६/०७७ मा दुई हजार ९६० ले रक्तदान गरेका थिए। 

तुलसीपुरमा ६४४ युनिट रगत सङ्कलन भएकामा ६७३ युनिट रगत खपत भएको रक्त सञ्चार केन्द्र तुलसीपुरका नरेश चौधरीले बताए। घोराहीमा दुई हजार ३१६ सङ्कलन भएको र त्यसमध्येमा दुई हजार २०० खपत भएको रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपाने बताए। 

घोराहीमा दुई हजार ३१६ युनिटमा एक हजार ८८० युनिट पुरुषबाट र महिलाबाट ४३६ युनिट सङ्कलन भएको उनको भनाइ छ। त्यसैगरी डाइलोसिस सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुरु भएको र दैनिक छ/सात युनिट खपत हुने गरेको छ। रक्त सञ्चार केन्द्र तुलसीपुरमा फ्रिज सानो क्षमताको भएकाले ६० युनिटभन्दा बढी स्टक गर्न नमिल्ने भएकाले समस्या रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ। 

त्यसैगरी दाङमा ८० प्रतिशत बिरामीले रक्त सञ्चार केन्द्रबाट रगत प्राप्त गर्ने गरेका छन्। “जिल्लामा सबैभन्दा बढी ‘बी’ पोजेटिभ समूहको रगतको अभाव हुने गरेको छ”, केन्द्रका प्रमुख न्यौपानेले भने, “दाङमा सिकलसेलका बिरामी धेरै भएकाले पनि उनीहरुलाई ‘बी’ पोजेटिभ रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुने गरेको हो।” त्यसैगरी घोराहीबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल र निजी अस्पताल दीपज्योति हस्पिटल, गोर्खा हस्पिटललगायतका अस्पतालमा रगत खपत हुने गरेको छ। 

त्यसबाहेक जिल्ला बाहिर बुटवल र नेपालगञ्जका अस्पतालमा समेत कहिले काहीँ माग भएबमोजिम रगत पठाउने गरिएको उहाँले बताए। तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल, राप्ती लाइफ केयर हस्पिटल र तुलसी हस्पिटलमा रगत खपत हुने गरेको छ तर तुलसीपुरमा रगतको अभाव भए घोराहीबाट ल्याउने र घोराहीमा अभाव भए तुलसीपुरबाट पठाउने गरेको तुलसीपुरका इञ्चार्ज रेमन चौधरीले बताए।  

‘बी’ पोजेटिभ रगत दाङमा अभाव हुने भएकाले मागपूर्ति गर्न जेसीज, रोटरी र रोट्रयाकलगायतका सङ्घसंस्थासँग समन्वय गरी व्यवस्था मिलाउने गरिएको चौधरीको भनाइ छ। अन्य रगतभन्दा ‘ए’ र ‘बी’ नेगेटिभ तथा पोजेटिभ रगतका कहिले काहीँ समस्याले गर्दा शल्यक्रिया गर्दा समस्या हुने गरेको राप्ती प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर विनोद सिंहले बताए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस