इलाम— भारतको हिमाली राज्य सिक्किममा नेपालीभाषीले गुमेको आरक्षण सिट पुन दिनुपर्ने माग राख्न थालेका छन् । राज्य विधानसभामा गुमेको नेपालीको सिट पुनःस्थापनाको माग राख्दै सिक्किम प्रदेश तृणमुल कांग्रेसले सिच्छेस्थित जिल्लापाल कार्यालयअघि धर्ना दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सिक्किममा नेपालीभाषीलाई दिइँदै आएको आरक्षण सिट सन् १९७९ देखि गुमेको उल्लेख गर्दै कांग्रेस पार्टीका प्रदेश अध्यक्ष पीटी लक्समले 'त्यो अधिकार फर्काउन धर्ना र अनशन बसेको' बताएका छन्। लक्समको नेतृत्वमा सोमवार पाँच घण्टा धर्नामा बसेका ३० जनाभन्दा धेरैले आवश्यक परे फेरि लम्ब्याउने बताउ"दै आफ्ना मागप्रति लचिलो बन्न सिक्किम सरकारलाई सुझाएका छन्।
सिक्किममा छोग्याल टासी नामग्यालले नेपालीभाषीका लागि आरक्षणको व्यवस्था गर्दै १७ सिट दिएको र सन् १९७४ को विधानसभामा त्यो कार्यान्वयनसमेत भएको स्मरण गराउँदै कांग्रेसले त्यसपछिको विधानसभामा उक्त आरक्षण खोसिएको जनाएको छ। सिक्किम विधानसभामा नेपालीभाषीको आरक्षण सुनिश्चित गराउन राज्यपाल र तृणमुल नेतृत्वलाई ज्ञापन पत्र बुझाउने तयारी भइरहेको बताइएको छ।