गाउँपालिका अध्यक्ष जेल चलान
०३ जेष्ठ २०७८
•
१ मिनेट पाठ
गाउँपालिका अध्यक्ष जेल चलान
जागिर लगाई दिने प्रलोभन लिएर एक बालिकालार्ईं जर्वरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव पुर्पक्षका लागि कारागार चलान भएका छन्।  




सोमबार जिल्ला अदालत सुनसरीमा थुनछेक बहस टुंगिएपछि न्यायाधीस टिकेन्द्र दाहालको आदेशमा पुर्पक्षका लागि यादवलाई कारागार चलान गरिएको हो।

१७ वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानको टोलीले वैशाख ८ गते साँझ धरान वडा नं. ४  डुकु होटल एण्ड लजबाट उनलाई पक्राउ गरेको थियो।

सरकारी गाडीमा बालिका लिएर होटलमा पुगेको सूचना पाएका आधारमा यादव पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशसँगै यादवलाई थुनामा राख्नका लागि क्षेत्रीय कारागार झुम्का लगिएको छ।

प्रहरी प्रतिवेदनमा यादवले लामो समयदेखि इटहरी घर भएकी बालिकालाईं जागिर लगाईं दिने प्रलोभन दिएर जर्वरजस्ती करणी गर्ने गरेको खुलेको छ।  

यसैबीच,  जर्वरजस्ती करणी गरि फरार भएको आरोपमा एक जना बालक आइतबार राति इटहरीबाट पक्राउ परेका छन्। एक दिनअघि इटहरीकै एक नाबालिकालाई जर्वरजस्ती करणी गरी फरार भएका बालक पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

पक्राउ परेका बालकलाईं जिल्ला अदालतबाट जर्वरजस्ती करणी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको छ।
अर्को समाचार
२२ लाख धरौटी बुझाउन नसकेपछि किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ जेल चलान
०२ असोज २०८३
•
१ मिनेट पाठ
२२ लाख धरौटी बुझाउन नसकेपछि किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ जेल चलान
सिंहदरबारबाट पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा कारागार चलान भएका छन् ।




जिल्ला अदालत काठमाडौंले बिहीबार माग गरेको २२ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि तामाङलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो ।

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार न्यायाधीश रामचन्द्र शर्माको इजलासले तामाङसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी नबुझाएपछि उनलाई कारागार चलान गरिएको हो ।

एक महिलाले जाहेरी दिएपछि तामाङविरुद्ध प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि अदालतमा मुद्दा दायर भए पनि अदालतमा उपस्थित नभएपछि उनी फरार सूचीमा थिए ।

गत सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको छलफलबाट बाहिरिँदै गर्दा प्रहरीले उनलाई सिंहदरबारबाट पक्राउ गरेको थियो । त्यसपछि अदालतमा उपस्थित गराइएका तामाङको बिहीबार थुनछेक आदेश भएको हो ।

अदालतले माग गरेको धरौटी बुझाएमा तामाङ जुनसुकै बेला रिहा हुन सक्नेछन् ।

यो पनि पढ्नुहोस्

किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङविरुद्ध दश मुद्दा, पुन: पक्राउ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस