राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी उपकुलपति प्रधाध्यापक डा. संगिता भण्डारीले आफ्नो बुवाको दोस्रो बार्षिक पुण्य तीथिमा कोरोना महामारीमा अप्ठेरोमा परेकाहरुलाई आर्थिक सहयोग गरेकि छिन् । उनले आफ्ना बुवा तेजमान सिंह भण्डारीको दोस्रो बार्षिक पुण्य तीथिमा १ लाख एघार हजार रुपैयाँ सहयोग गरेकी हुन् ।
उनले रोटरी क्लब मार्फत उक्त रकम विपदमा परेकाहरुलाई सहयो गरेको जनाईन् । ‘विपद्मा अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्ने उदेश्यले बुवाको दोस्रो बार्षिक तीथिमा सहयोग गरेकी हुँ,’ डा. भण्डारीले भनिन्, ‘यो विपद्का बेला हामी सबैमा मानवताको भाव जाग्नु अपरिहार्य छ ।’
भण्डारीले बुवाको बार्षिक तीथि पारेर १ लाख १ हजार र आँफू आवद्ध रोटरी क्लव जावलाखेल मञ्जुश्रीका तर्फबाट १० हजार गरि रोटर क्लव दाङलाई एक लाख ११ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिईन् । आँफूले गरेको सहयोग रकमले रोटरीमा सामाजिक कार्य गर्ने विश्वास ब्यक्त गरिन् ।
क्लवका अध्यक्ष चेतनारायण पाण्डेले उपकुलपति डा. भण्डारीले गरेको सहयोग रकमले क्लवलाई सामाजिक कार्य गर्न ठूलो सहयोग पुगेको बताए । डा. भण्डारीले गरेको सहयोग रकम महामारीमा अप्ठेरोमा परेका, मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुको खाना, पोशाक र बासस्थानका लागि खर्च गरिने पाण्डेले जानकारी दिए ।