बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। मृत्यु हुने गुल्मीका एक जना, नवलपरासीका दुई र रुपन्देहीका एक जना रहेका छन्। लुम्बिनी प्रादेशिक अस्पतलाका सूचना अधिकारी डा बिष्णु गौतमका अनुसार प्रादेशिक अस्पतालको इमर्जेन्सीमा तीन र एक जनाको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो।
जेठ ५ गते उपचारका लागि बुटवल ल्याइएकी गुल्मी चन्द्रकोटकी ५० वर्षीया महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो। सोही दिन अस्पताल ल्याइएका नवलपरासीको बर्दघाटका ६२ वर्षीय पुरुषको बिहान ३ बजे र बर्दघाटकै ३९ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको डा गौतमले जानकारी दिए। रुपन्देहीको सैनामैनाका ७७ वर्षे पुरुषको पनि आज बिहान ७ बजे मृत्यु भएको डा गौतमले बताए।