काठमाडौं— कीर्तिपुरका सुमन महर्जनको जीवनमै सोमबार जीवनकै खुसीको दिन बन्यो। विवाहपछिका अधिकांश दिन उनले एउटै तनावमा बिताएका थिए– 'सन्तान भएन' । डेढ दशक अवधिमा यो दम्पतीले सहरका नामी स्त्रीरोग विशेषज्ञ भेटे र अस्पताल धाए, उपचारमा लाखौं खर्चे । तर सन्तानसुख मिलेन । वर्षौंको पीडा सोमबार बिहान खुसीमा परिणत भयो।थापाथलीस्थित परोपकार प्रसुति गृहमा टेस्टट्युब बेबी (इन भिट्रो फर्टिलाइजेसन, आइभिएफ)बाट उनकी श्रीमती राज्यलक्ष्मीको कोखबाट दुई छोरा जन्मिए । सोमबारै महर्जनसँग अन्य दुई परिवारले पनि सन्तानसुख पाएका छन् । 'सन्तान पाएका परिवारमा भन्दा हामी बढी खुसी छौं,' अस्पतालकी चिकित्सक भावा श्रेष्ठले भनिन्, 'दुई वर्षअघि नै अस्पतालमा यो प्रविधिबारे प्रयास भए पनि बल्ल सफलता मिल्यो ।'
सर्वसाधारणको पहुँचबाहिर रहेको यो प्रविधिबाट पहिलोपटक सरकारी अस्पताल परोपकार प्रसुतिगृहमा तीन महिलाबाट चार शिशु जन्मेका छन् । यो सफलतालाई बच्चा पाएका परिवार र आफन्तले मात्र होइन, चिकित्सकले पनि एकआपसमा सुखी साटासाट गरे । बच्चा पाएका परिवार र चिकित्सकले छुट्टाछुट्टै मिठाई ल्याए । आइभिएफ युनिट प्रमुख डा. उषा श्रेष्ठले सुलभ मूल्यमा सरकारी अस्पतालमा यस्तो सेवा सुरु हुन् ठूलो उपलब्धि भएको बताइन् ।
यो प्रविधिमा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रूण विकास गराएपछि गर्भाधान गराएर पाठेघरमा प्रत्यारोपण गरिन्छ । महिलाको डिम्ब र पुरुष शुक्रकीटलाई कृत्रिम रुपमा गर्भाधान गराएर गत वैशाख १ गते एकै दिन पाठेघरमा गर्भ प्रत्यारोपण गरिएका ५ महिलामध्ये ३ जनाले बच्चा जन्माए । अन्य दुईको गर्भ निरन्तर रहन सकेन । चिकित्सकहरुले सोमबार तीनै महिलाको शल्यक्रियाबाट बच्चा निकालेका थिए ।
अस्पतालकी आइभिएफ युनिट प्रमुख एवं स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. उषा श्रेष्ठको नेतृत्वको चिकित्सक टोलीले ३७ हप्ताअघि गर्भ प्रत्यारोपण गरेको थियो । सोही टोलीले सोमबार बिहान कीर्तिपुरकी ३६ वर्षे राज्यलक्ष्मीको पहिलो शल्यक्रिया गरी जुम्ल्याहा बच्चा निकालेका थिए । अस्पतालका नर्सहरुले छोराहरुको नाम परोपकार र उपकार राखिदिएका छन् ।
त्यसको केही समयपछि जोरपाटीकी २७ वर्षे चन्द्रलक्ष्मी श्रेष्ठले एक छोरी र जनकपुरकी एक मल्लिक थरकी महिलाको कोखबाट छोरा शल्यक्रिया गरी निकालिएको थियो । चन्द्रलक्ष्मीको कोखबाट निकालिएका जुम्ल्याहा बच्चाका तौल २.६ र २.५ छ । चन्द्रलक्ष्मीको बच्चाको २.३ र मल्लिक २.४ केजी छ । सबै बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको र पाँच दिनमा डिस्चार्ज गरिने डा.उषाले बताइन् ।
डा. उषा श्रेष्ठको नेतृत्वको समूहले गत वैशाखदेखि यो सेवाको नेतृत्व लिएको थियो । समूहमा डा. उषा, डा. भावा मल्ल र तालिमप्राप्त नर्सहरु गायत्री सुवेदी, राधा शाक्य, रोशनी शिलाकार र जमुना पोखरेल छन् ।
नेपालमा ९ वर्षअघि २०६१ फागुन २० मा राजेन्द्र र सन्ध्या तामाङबाट ओममणिको जन्म भएको थियो । अस्पतालमा यसअघि पनि पहिलोपटक ९ जना महिलामा टेस्ट ट्युब बेबी प्रविधि गरिएकोमा एउटा पनि सफल नभएपछि लामो समय सेवा रोकिएको थियो । निजी क्षेत्रको अर्को अस्पताल ग्लोबलमा समेत यो सेवा उपलब्ध छ । ओममा तीन सयभन्दा बढी बच्चा जन्मिएका छन् । सोलगत्तै अस्पतालले चिकित्सक र नर्स टोलीलाई पुनः तालिमका लागि भारत पठाएको थियो । उनीहरुले तालिमबाट फर्केपछि गत वैशाखदेखि पुनः सेवा सुरु गरेका थिए ।
निजी क्षेत्रमा यो प्रविधिबाट बच्चा जन्मिएको करिब ९ वर्षपछि निजी क्षेत्रमा भन्दा निकै कम शुल्कमै सरकारी अस्पतालमा यो सेवाको सफल सुरुआत भएको छ । निजीमा एक पटक प्रयास गरेकै ५ लाख खर्च लाग्छ । अस्पतालले यो सेवा १ लाख ६० हजारमा दिने जनाएको छ ।
फस्ट ब्याचका २५ जना महिलालाई छानिएकोमा ५ जना गर्भवती भएका थिए । दोस्रो ब्याच महिलाहरुमा गर्भ बसे पनि निरन्तरता नपाएको, तेस्रो र चौथो कसैको पनि सफल भएन । पाँचौं ब्याजका ५ महिला १६ हप्ताका गर्भवती छन् । छैटौं ब्याच पुसमा सुरु गरिने अस्पतालले जनाएको छ ।
कृतिम गर्भधान भएको भुर्णलाई पाठेघरले यसलाई कसरी ग्रहण गर्दछ भन्ने कुरा निश्चित नभएको कारण यो प्रविधिको सफलता केवल ३० प्रतिशत मात्र हुने चिकित्सकहरु बताउँछन् । आइभिएफ सफल हुनका लागि बच्चा बस्ने ठाउँ पाठेघर राम्रो हुनुपर्छ । आइयुआई पाठेघरमा शुक्रकीट प्रवेश गर्ने नली फालेपियन बन्द नभएका महिलामा मात्रै संभव छ ।
सुरुमा चिकित्सहरुले बच्चा नभएर आएका दम्पतिको विभिन्न परीक्षणपछि कारण पत्ता लगाएर उपचार गर्छन् । पुरुषको शुक्रकीटलाई सफागरेर पाठेघरमा पठाइने विधि आइयुआइ सफल नभएपछि मात्रै चिकित्सकले बच्चा जन्माउँने अन्तिम विकल्पको रुपमा प्रयोग गर्छन् ।
महिलाको दुइवटै फ्लेपियन ट्युब बन्द भएमा साधारण तरीकाले गर्भाधान हुन नसकेका महिलामा मात्रै आएभिएफ प्रविधि प्रयोग गरिन्छ । संसारमै यो प्रविधिमा सफलताको दर ४० प्रतिशतको हाराहारीमा भएपनि जिवित जन्मदर २५ प्रतिशत मात्रै छ । अधिकांश समयमा चार भुण प्रत्यारोपण गरिन्छ ।
यसरी प्रत्यारोपण गर्दा सबै हुर्किन नसकेपनि कम्तिमा एउटा हुर्किन्छ भनेर सोच राखिएको हुन्छ । विज्ञहरूका अनुसार सफल हुँदाको अवस्थामा पनि एकैपटक तीनचार वटा बच्चा जन्मिने संभावना बढी हुन्छ । आइभिएफका अधिकांश अवस्थामा शल्यक्रिया आवश्यक पर्छ ।