काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफरमर खरिद घोटाला प्रकरणमा श्रेवर्ल्ड ट्रेडिङ हाउसका प्रोप्राइटर सुधिर अन्जन श्रेष्ठलाई पक्राउ गरेको छ। श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको अख्तियारले जनाएको हो।न्यून गुणस्तरको वितरण ट्रान्सफरमर खरिद गर्दा अनियमितता एवं भ्रष्टाचार गरेको उजुरी अनुसन्धानको सिलसिलामा संकलित कागजातका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाए।
गत साउनमा प्राधिकरणले न्यून गुणस्तरको ट्रान्सफरमर खरिद गरेर अनियमितता गरेको अभियोगमा अख्तियारले दुई विदेशीसहित विद्युत् प्राधिकरणका १२ कर्मचारीलाई पक्राउ गरी कारवाही अघि बढाएको थियो। करिब २ हजार थान ट्रान्सफरमर आयात गर्दा ३० करोड रुपैयाँभन्दा बढी घोटाला भएको अनुमानसहित अख्तियारले कारवाही अघि बढाएको थियो।
प्राधिकरण आफैंले गर्न लगाएको अध्ययनबाट २०६३/६४ पछि आयात गरिएका अधिकांश ट्रान्सफरमरको गुणस्तरमा कैफियत देखिएको थियो। उक्त अवधिमा टेन्डर आह्वान गरी तामाको तार भएको ट्रान्सफरमर मगाइए पनि आल्मुनियम जडित खरिद भएको अनुसन्धानमा देखिएको थियो। त्यसबाट प्राधिकरणले विद्युत् चुहावट बढी हुने र धेरै बिग्रने समस्या खेप्दै आएको थियो।