कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालले गरेको निषेधाज्ञा उल्लंघन गरि चलाएको ५ सय ४ वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ। सिन्धुली जिल्ला अन्र्तगत विभिन्न स्थानबाट निषेधाज्ञा उल्लंघन गरि चलाउने सवारी साधनहरुलाई हामीले कारबाही गरेका छौ, जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोज लामाले भने।
उनका अनुसार कारवाहीमा पर्नेमा चार पाख्रो सवारी साधन ७६ वटा र मोटसाइकल ४ सय २८ वेटा रहेका छन्। जसमध्ये ८० वटा सवारीको कागजात नभएकाले ट्राफिक जरिवाना गरिएको छ भने बाँकीलाई सम्झाई बुझाई पठाइएको प्रहरी प्रवक्ता समेत रहेका लामाले जानकारी दिए। यसैगरि निषेधाज्ञाको समयमा अनावश्यक हिँड्डुल गर्ने मास्क नलगाउने लगायतका ४ सय ९२ जना मानिसलाई होल्ड गरि सम्झाई बुझाई गरि पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै निषेधाज्ञा अटेरी गरि बजार एरियामा पसल होटल सञ्चालन गर्ने १३ जनालाई पक्राउ गरि आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बुझाइएको डिएसपी लामाले बताए।