काठमाडौं -नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानमाथि आक्रमण गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। झगडा परेपछि अरु नै व्यक्तिलाई पछ्याउँदै गरेको समूहको 'मिस टार्गेट'मा सम्पादक प्रधान परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेका भन्दै मोटरसाइकल धनी र उनकै बयानका आधारमा अन्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रधानमाथि आक्रमण भएपछि प्रहरी प्रधान कार्यालयले अपराध महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थलाई अनुसन्धानको जिम्मेवारी दिएको थियो। महाशाखाले ८ जनालाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ।