उदयपुरमा काेराेनाः ७६ थपिँदा १४ संक्रमणमुक्त
१६ जेष्ठ २०७८
•
२ मिनेट पाठ
उदयपुरमा काेराेनाः ७६ थपिँदा १४ संक्रमणमुक्त
स्वास्थ्य कार्यालय उदयपुर । तस्विरः महेश्वर
उदयपुरमा आईतबार ३२ महिलासहित ७६ जना काेराेना संक्रमित थपिएका छन् । नयाँसहित हाल जिल्लामा सक्रिय संक्रमतिको संख्या ९ सय १६ पुगेको छ । अघिल्लो दिन ३ सय ४२ महिलासहित उपचाररत ८ सय ५४ जना सक्रिय संक्रमितमध्ये १४ जना निको भएका छन् ।




स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आईतबार थपिने नयाँ संक्रमितहरुमा सबभन्दा बढी बेलका नगरपालिकामा १९ महिलासहित २७ जना छन् । कटारीमा ११ महिलासहित २१, चौदण्डीगढीमा ८ महिलासहित १८ र त्रियुगा नगरपालिकामा ६ जना पुरुष संक्रमित थपिएका छन् भने रौतामाई गाउँपालिकामा ३ महिलासहित ४ जना थपिएका छन् ।  

उता ताप्ली गाउँपालिकामा अघिल्लो दिन केही व्यक्तिमा संक्रमण देखिए पनि त्यसको बिबरण स्वास्थ्यको तथ्यांकमा अद्यावधि छैन । ताप्लीमा गाउँपालिकाका चालक, प्रहरी जवान, हवल्दार र सहायक निरीक्षक (असई) मा एन्टीजेन पोजेटिभ देखिएको घट्नास्थलमै रहेका स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन् । तर, संक्रमितको बिबरण औपचारिक रुपमा गाउँपालिकाले नपठाएका कारण तथ्यांकमा अद्यावधि भएको छैन ।  

यता त्रियुगा नगरपालिकामा पछिल्लो समय संक्रमित घट्दै गएको छ । शनिबार २ महिलासहित ४ जना संक्रमित देखिएको त्रियुगामा आईतबार ६ जना थपिएका छन् । सदरमुकामसमेत भएकाले बिभिन्न ठाउँबाट आउजाउ र चलखेल गतिबिधि बढी हुने हुँदा संक्रमित बढ्नु स्वभाविक मानिएको गाईघाटमा निषेधाज्ञा कडाई गरेसँगै संक्रमित संख्या घट्दै गएको अनुमान गरिएको छ ।  

उता उदयपुरगढी, रौतामाई र लिमचुङबुङमा पनि पहिलाको दाँजोमा संक्रमित देखिएका छैनन् । बिगत ३ दिनयता उदयपुरगढी र लिमचुङबुङमा नयाँ संक्रमित देखिएका छैनन् भने रौतामाईमा आईतबार ५ संक्रमति देखिएका छन् । शनिबार त्यहाँ कुनै संक्रमित देखिएका थिएनन् ।

हाल त्रियुगामा सक्रिय संक्रमितको संख्या १ सय ९७ महिलासहित ४ सय ४२ पुगेको छ । कटारीमा ५१ महिलासहित १ सय १४, चौदण्डीगढीमा ५३ महिलासहित १ सय ७ र बेलका नगरपालिकामा ४६ महिलासहित ९७ छ । गाउँपालिकातर्फ सबभन्दा बढी रौतामाईमा २५ महिलासहित ७२, लिमचुङबुङमा १० महिलासहित ५२ र उदयपुरगढीमा १० महिलासहित ३१ जना सक्रिय संक्रमित उपचाररहत छन् ।  

हालसम्म निको हुने ३ सय ३५ मध्ये त्रियुगाका सबभन्दा बढी ३८ महिलासहित ९७ जना छन् भने मृतक संख्या ७ महिलासहित २० जना पुगेको छ । चौदण्डीगढीमा २५ महिलासहित ५८ जना निको हुँदा १ महिलासहित ४ जनाको ज्यान गएको छ भने कटारीमा ६ महिलासहित १६  जना निको हुँदा १ महिलासहित ३ जनाको ज्यान कोभिडले लुटेको छ । बेलकामा २२ महिलासहित ४१ जना निको भईसक्दा २ पुरुषको मृत्यु भएको छ भने ३ महिलासहित ५ जना निको भएको उदयपुरगढीमा २ महिलाको ज्यान गईसकेको छ । 

लिमचुङबुङमा ४ महिलासहित ८ जना निको हुँदा रौतामाईमा २ महिलासहित ७ जना निको भएका छन् भने ताप्लीमा १ जना संक्रमित निको भएका छन् ।
अर्को समाचार
प्रदेश २ मा एकैदिन थपिए ८ मृतक, १२४ संक्रमित
११ भदौ २०७७
•
१ मिनेट पाठ
प्रदेश २ मा एकैदिन थपिए ८ मृतक, १२४ संक्रमित
प्रदेश २ मा बिहिबार एकैदिन ८ जना मृतक र १ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा बढी बाराका ४ जना पुरुष र एक महिला तथा धनुषाका एकजना गरी ८ जनाको मृत्यु भएको छ । पर्सा सुपौली १ का ६८ वर्षीय पुरुष र वीरगन्ज १४ का ६२ वर्षीय पुरुष, बाराका ४२, ५९, ७० र ७५ वर्षीय पुरुष तथा सुर्वण गाउँपालिका ४ हर्दियाका २३ वर्षीया गर्भवती महिला, धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपलिका ४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।




सामाजिक विकास मन्त्रालयका अनुसार बिहिबार पर्सामा २६ जना संक्रमित थपिएका छन् । यससँगै पर्सामा संक्रमितको संख्या २ हजार ८३ पुगेको छ ।  बारामा १० जना संक्रमित थपिएसँगै कूल संख्या ७ सय ८६ पुगेको छ । रौतहटमा ६ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ६ सय ९ पुगेको छ । सर्लाहीमा ३ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ३ सय ५४ पुगेको छ । 

महोत्तरीमा ६ जना थपिएसँगै संक्रमितको संख्या १ हजार १ सय ६१ पुगेको छ । धनुषामा ३७ जना संक्रमित थपिएसँगै कूल संख्या १ हजार ३ सय ७९ पुगेको छ । सिरहामा ४ जना थपिएसँगै संक्रमितको संख्या ३ सय ९४ पुगेको छ । सप्तरीमा ३२ जना सक्रमित थपिएसँगै  सप्तरजिल्लामा कूल संक्रमितको संख्या ७ सय ७९ छ । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ८३ पुगेको छ ।

बिहिबार यस प्रदेशबाट ५७ जना निको भएर फर्किएका छन । निको भएर घर फर्किको कूल संख्या ४ हजार ४ सय ९६ पुगेको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस