पर्वत- मलामी लिएर फर्केको ग१च ७६०२ नम्बरको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पर्वत, स्याङजा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको सेतीबेनीबाट मलामी लिएर फर्केको जिप हुवास–७ स्थित दारसिंहडाडामा आइतबार राति दुर्घटना भएको हो।
घटनामा परी हुवास ५ का ६५ वर्षीय होमनाथ तिवारी र सोही स्थानका ४५ वर्षीय लोकप्रसाद न्यौपानेको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रमुख विकास तिमिल्सिनाले बताए। घटनामा परी १५ जना घाइते भएका छन्। गम्भिर सात जनाको पोखरा मणिपाल शिक्षण अस्पताल र आठ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि उनले जानकारी दिए।
प्रहरीका अनुसार जिप सडकबाट एक सय मिटर तल खसेको थियो। जिपका चालक भने फरार छन्। तिब्र गति र क्षमताभन्दा बढी यात्रु बोकेको हुँदा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। ग्रामिण क्षेत्रमा प्रहरीको उपस्थिति नहुँदा सबारी साधानले मनलाग्दी यात्रु बोक्ने गरेको टाफिक प्रमुख तिमल्सिनाले बताए।