हतियारसहित चारजना पक्राउ
२० जेष्ठ २०७८
•
१ मिनेट पाठ
हतियारसहित चारजना पक्राउ
मोरङको केराबारीबाट हतियारसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा केरावारी-३ का डिकबहादुर राई, बुद्धवीर लिम्बु, रामप्रसाद राई र लेटाङ १ का विपीन लिम्बु रहेका छन्।  




पक्राउ पर्नेहरू केराबारी ३ का ३२ वर्षीय हस्तकुमार राईको हत्या गरि फरार रहेका प्रतिवादीहरू भएको प्रहरीले जनाएको छ। जेठ ८ गते १० जनाको समूह बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ शिकार खेल्न गएकोमा गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर हस्तबहादुर राईको मृत्यु भएको थियो। घटनापछि खटिएको प्रहरी टोलीले भरुवा बन्दुक थान १ बरामद गरेको थियो भने लगत्तै प्रतिवादीहरु रुबिन लिम्बू र गजेन्द्रबहादुर राईलाई घरबाटै पक्राउ परेका थिए।  

पक्राउ परेकाहरूको बयानका आधारमा बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो तथा पातहरूले छोपी लुकाई राखेको भरूवा बन्दुक २ थान, ढुङ्गा माथि पातहरुले छोपी लुकाई राखेको भरुवा वन्दुक १ थान र लेटाङ नगरपालिका वडा नं १ स्थित जंगलको ठूलो ढुङ्गाको ओडारमा लुकाई राखेको भरुवा वन्दुक १ थान बरामद गरी थप अनुसन्धान कार्य भई रहेको मोरङ प्रहरीले जनाएको छ।
अर्को समाचार
सुनसरीबाट हतियारसहित चारजना पक्राउ
२९ पौष २०७८
•
१ मिनेट पाठ
सुनसरीबाट हतियारसहित चारजना पक्राउ
सुनसरीमा हतियारसहित पक्राउ परेकाहरु। तस्बिरः जिल्ला प्रहरी कार्यालय, सुनसरी
प्रहरीले सुनसरीबाट हतियारसहित चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार बेलुकी र बिहीबार बिहान इनरुवा ३ महेन्द्र चोकबाट ४ जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो। सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार बुधबार साँझ करिब साढे ६ बजे बिशेष सूचनाका आधारमा सुनसरीकै हरिनगर गाउँपालिका ७ घुस्कीका २० वर्षीय सबिर मियाँ पक्राउ परेका थिए।  




उनको साथबाट कटुवा पेस्तोल र प्लाष्टिकभित्र ग्लोबल आइएमई बैंक लेखेको कागजमा पोको पारेको बिएमएम केएफ लेखिएको गोली १ राउण्ड पनि बरामद भएको थियो। मियाँ ज २ प ५१९४ नम्बरको मोटरसाइकलमा सवार थिए। उक्त मोटरसाइकल पनि नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको एसपी थापाले बताए।

यस्तै, बिहीबार बिहान पनि इनरुवाको महेन्द्र चोबाट नै थप ३ जना पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बिहान करिब साढे ६ बजे एक थान अटोमेटिक पेस्तोल, ७.६५ एम.एम.को ३ राउण्ड गोली र २ थान म्यागेजिनसहित ३ जना पक्राउ परेको एसपी थापाले बताए। पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका ७ घुस्कीका ३१ वर्षीय सबरेज मियाँ, २५ वर्षीय सिकन्दर मलाहा र वडा ६ का २३ वर्षीय फरियाद अन्सारी रहेका छन्।  

उनीहरु को १८ प ६२२५ र को ६ प १०९ नम्बरको मोटरसाइकलमा सवार थिए। उनीहरुले प्रयोग गर्ने मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका चारै जनालाई हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएर थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस