मोटसाइकल चोरी गरेको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट सात जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल चोरीको आरोपमा ७ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी —१३का राजेश मेहेता, इटहरी– २० का बलराम गुरूङ, इटहरी –२ का सुवास लिम्बू, इटहरी –३ का मचिन राई, इटहरी –४ का गोलमोल राई, रोमन परियार र राते भन्ने मनोज परियारलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
जेठ २ गते राती मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलियास्थित मिना कुमारी बिकको घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र–१–०५–००१ प–००६१ नम्बरको रातो कलरको २०० सिसिको एनएस मोटरसाईकल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ । चोरी भएको मोटसाइकल खोज्ने क्रममा प्रहरीले इटहरी महानगरपालिका १३ का २८ वर्षीय राजेश मेहताको घरबाट शुक्रबार राति सो मोटरसाईकल बरामद गरेको थियो । पक्राउ परेकाहरूका बारेमा इलाका प्रहरी कार्यालय वेलवारीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।