काठमाडौं -आन्दोलनमा लागेर विरामी अलपत्र परेको आलोचनापछि आन्दोलनरत चिकित्सकहरुले भोलिबाट टुँडिखेलमा उपचार क्याम्प चलाउने घोषणा गरेका छन्।
राजिनामा गरेर चिकित्सकहरुले क्याम्प सञ्चालन गर्ने घोषणा गरेका हुन्।
वरिष्ठ चिकित्सक गोविन्द केसीको आन्दोलनलाई सहयोग पुर्याउन नेपाल चिकित्सक संघले मुलुकभरका डाक्टरहरुलाई २४ आजै राजिनामा दिन आह्वान गरेको छ।
संघले आन्दोलनलाई साथ नदिएको भन्दै संघको धरानका अध्यक्ष डाक्टर जीपी अग्रवाललाई तीन महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ।
संघको आह्वानमा आज दुई बजेदेखि चिकित्सकहरुको भेला शिक्षण अस्पतालमा सुरु भएको छ। उनीहरुले 'हिपोक्रेटिक ओथ' जस्तै गोविन्द केसीका नाममा सपथ लिँदै इमान्दारिताको सपथ लिएका छन्।
संघको आह्वानमा आज दुई बजेदेखि चिकित्सकहरुको भेला शिक्षण अस्पतालमा सुरु भएको छ। उनीहरुले 'हिपोक्रेटिक ओथ' जस्तै गोविन्द केसीका नाममा सपथ लिँदै इमान्दारिताको सपथ लिएका छन्।