कल बाइपासमा १८ हजार सिम
०८ माघ २०७०
•
३ मिनेट पाठ
कल बाइपासमा १८ हजार सिम
काठमाडौं- अवैध कल बाइपासमा संलग्न रहेको अभियोगमा भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरबाट कल बाइपासका उपकरणसहित भारतका साबिर हुसैन, हुसैन, बुराहानुद्धिन, कौशरलाई पक्रेको हो।

ललितपुर वडा–१० मा घर भाडामा लिई उनीहरुले त्यहीँबाट कल बाइपास गरिरहेको सूचनाका आधारमा मंगलबार छापा मार्दा पक्राउ परेको ब्युरोले जनाएको छ। 
कोठाबाट कल बाइपासमा प्रयोग हुने ३२ र २८ पोर्टको म्याटि्रक्स कल बाइपासमा प्रयोग भएका विभिन्न दूरसञ्चार प्रदायक संस्थाका सिमकार्ड लगायत सामग्री फेला परेको ब्युरोले जानकारी दिएको छ। कल बाइपासमा संगठित समूहको संलग्नता बढेपछि ब्युरोले अनुसन्धान समूह नै बनाएर कारबाही प्रक्रियालाई अगाडि बढाएपछि देशका विभिन्न ५८ स्थानमा छापा मारेर ८८ स्वदेशी र २६ विदेशी गरी १ सय १४ जनालाई पक्रिसकेको छ। पक्राउ पर्ने विदेशीमा सबैभन्दा धेरै बंगलादेशी छन्। पक्राउ परेका २१ विदेशीमध्ये १८ बंगलादेशी छन्। नेपालमा बंगलादेशी नागरिकले नै कल बाइपासलाई संगठित बनाएको अनुसन्धान अधिकारी बताउँछन्। 
अस्वस्थ प्रतिस्पर्धाका कारण सहजै दूरसञ्चार सेवा प्रदायकका सिम उपलब्ध हुँदा कारोबारी थप सक्रिय भएका थिए। ब्युरोका अनुसार हालसम्म एनसेल, एनटिसी, युटिएल लगायत कम्पनीका १८ हजार १ सय २३ सिम फेला परिसकेको छ। कल बाइपासमा सबैभन्दा धेरै सिम एनसेलको फेला पर्ने गरेको ब्युरो अधिकारीले जानकारी दिए। दोस्रोमा एनटिसीको सिम फेला पर्ने गरेका छन्। 
ब्युरोको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले पक्राउ अभियुक्तविरुद्ध ११ अर्ब २८ करोड ८९ लाख ५८ हजारको बिगो मागदाबी लिई मुद्दा दायर गरिसकेको छ। 
ब्युरो अधिकारीका अनुसार प्रारम्भमा भिओआइपी प्रविधि प्रयोग गरी कल बाइपास हुने गरे पनि पछिल्लो समय यस्ता कारोबारीले जिओआइपी प्रविधि प्रयोग गरेकाले पहिचान जटिल बन्दै गएको छ।
जिओआइपी प्रविधिमार्फत कल बाइपास गर्दा उपकरण एउटा कोठामा राखेर इन्टरनेट सुविधा भएको विश्वको कुनै पनि देशमा बसेर उपकरणलाई सक्रिय बनाउन सकिने हुँदा स्थान पहिचान र कारोबारी पक्राउ जटिल हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए।
अर्को समाचार
कल बाइपासमा १८ हजार सिम
०८ माघ २०७०
•
३ मिनेट पाठ
कल बाइपासमा १८ हजार सिम
काठमाडौं– अवैध कल बाइपासमा संलग्न रहेको अभियोगमा भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरबाट कल बाइपासका उपकरणसहित भारतका साबिर हुसैन, हुसैन, बुराहानुद्धिन, कौशरलाई पक्रेको हो।
ललितपुर वडा–१० मा घर भाडामा लिई उनीहरुले त्यहीँबाट कल बाइपास गरिरहेको सूचनाका आधारमा मंगलबार छापा मार्दा पक्राउ परेको ब्युरोले जनाएको छ।

कोठाबाट कल बाइपासमा प्रयोग हुने ३२ र २८ पोर्टको म्याट्रिक्स कल बाइपासमा प्रयोग भएका विभिन्न दूरसञ्चार प्रदायक संस्थाका सिमकार्ड लगायत सामग्री फेला परेको ब्युरोले जानकारी दिएको छ। कल बाइपासमा संगठित समूहको संलग्नता बढेपछि ब्युरोले अनुसन्धान समूह नै बनाएर कारबाही प्रक्रियालाई अगाडि बढाएपछि देशका विभिन्न ५८ स्थानमा छापा मारेर ८८ स्वदेशी र २६ विदेशी गरी १ सय १४ जनालाई पक्रिसकेको छ। पक्राउ पर्ने विदेशीमा सबैभन्दा धेरै बंगलादेशी छन्। पक्राउ परेका २१ विदेशीमध्ये १८ बंगलादेशी छन्। नेपालमा बंगलादेशी नागरिकले नै कल बाइपासलाई संगठित बनाएको अनुसन्धान अधिकारी बताउँछन्।

अस्वस्थ प्रतिस्पर्धाका कारण सहजै दूरसञ्चार सेवा प्रदायकका सिम उपलब्ध हुँदा कारोबारी थप सक्रिय भएका थिए। ब्युरोका अनुसार हालसम्म एनसेल, एनटिसी, युटिएल लगायत कम्पनीका १८ हजार १ सय २३ सिम फेला परिसकेको छ। कल बाइपासमा सबैभन्दा धेरै सिम एनसेलको फेला पर्ने गरेको ब्युरो अधिकारीले जानकारी दिए। दोस्रोमा एनटिसीको सिम फेला पर्ने गरेका छन्।

ब्युरोको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले पक्राउ अभियुक्तविरुद्ध ११ अर्ब २८ करोड ८९ लाख ५८ हजारको बिगो मागदाबी लिई मुद्दा दायर गरिसकेको छ।

ब्युरो अधिकारीका अनुसार प्रारम्भमा भिओआइपी प्रविधि प्रयोग गरी कल बाइपास हुने गरे पनि पछिल्लो समय यस्ता कारोबारीले जिओआइपी प्रविधि प्रयोग गरेकाले पहिचान जटिल बन्दै गएको छ।

जिओआइपी प्रविधिमार्फत कल बाइपास गर्दा उपकरण एउटा कोठामा राखेर इन्टरनेट सुविधा भएको विश्वको कुनै पनि देशमा बसेर उपकरणलाई सक्रिय बनाउन सकिने हुँदा स्थान पहिचान र कारोबारी पक्राउ जटिल हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस