काठमाडौँ-मौसम पूर्वानुमान महाशाखाले शुक्रबार अपराह्नदेखि मौसममा केही सुधार आउने जनाएको छ।नेपालमा पश्चिमी वायु सक्रिय भई त्यसको प्रभाव परेकाले मौसममा परिवर्तन आई बदली भएको र यो क्रम भोलि दिउँसोसम्म रहिरहने छ।
अरेवियन सागर र त्यसको आसपास क्षेत्रबाट केही दिनदेखि सुरु भएको वायुले अहिले नेपालको मध्य तथा पूर्वी भेगको पहाडी क्षेत्रमा प्रभाव पारी छिटफुट वर्षासमेत गराएको वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले जानकारी दिए। पश्चिमी नेपालमा भने सो वायुको प्रभाव न्यून रहेकाले सामान्य बदली भए पनि वर्षा भएको छैन।
अहिले मध्य जाडो यामको समय भएकाले पनि देशका विभिन्न पहाडी भागमा चिसो बढिरहेको तथा पश्चिमी वायुको प्रभावले दिउँसोको समयमा केही चिसो अझै बढ्ने सम्भावना रहेको छ।
मौसमविद् श्रेष्ठका अनुसार आज रातिसम्म काठमाडौँ उपत्यकामा सामान्य वर्षा भएपनि शुक्रबार सो वायु निस्त्रिय भएपछि मौसममा क्रमिक रुपमा सुधार हुँदै जाने र आकाश सफा भई घाम लाग्नेछ। रासस