काठमाडौं - 'नेपाली स्वास्थ्य क्षेत्रको कालकुट विष पिएर निलकण्ठ बन्ने ध्याउन्न मेरो कदापि होइन। मैले त राजनीतिको नाममा मौलाएको माफियातन्त्रको जरो हल्लाउने प्रयास मात्र गरेको हुँ।र, यसैको नाममा गहिरोसित विभाजित समाजलाई घच्घच्याउने जमर्को मात्र गरेको हुँ। यसका लागि आफ्नो जीवन उत्सर्ग गर्ने तत्परतालाई मैले मेरो जीवन मूल्यकै रूपमा प्रयोग गरेको हुँ।'
१४ दिनदेखि निराहार र पानीको थोपासम्म मुखमा नहाली आमरण अनशन बसेका डा. गोविन्द केसीको लिखित मन्तव्य उनका विद्यार्थी डा. किशोर खनालले पढेर सुनाउँदा वरपर झुम्मिएका धेरैका आँखा रसाए।
'... प्रतिबद्धता पूरा नहुञ्जेल र मूलतः यो सारा अभियानको आत्मालाई सम्बोधन भएको प्रत्याभूति नहुञ्जेल यो आन्दोलन पृथक रूपमा जारी रहनेछ भन्ने उद्घोष पनि गर्न चाहन्छु ...'
अनशन स्थलबाहिर टिचिङ अस्पताल प्रांगणमा उभिएर डा. खनालले यो लिखित धन्यवाद मन्तव्य पढ्दै गर्दा छेउमा पल्टिरहेका डा. केसीले अक्सिजन मास्क छाडेकै थिएनन्। स्वास्थ्य स्थिति अनुगमन गर्ने मनिटर बिहानै झिकिएकाले विद्यार्थी डाक्टरहरू घरिघरि उनको रक्तचाप नापिरहेका थिए। अघिल्लो रातदेखि नै स्वास्थ्य 'क्रिटिकल' भएकाले औपचारिक कार्यक्रम जतिसक्दो छोट्ट्याएर आफ्ना गुरुलाई 'आइसियु'मा लग्न उनीहरूलाई हतार भइरहेको थियो।
एक मुठीको ज्यान हुँदा पनि निष्ठा, इमान र समर्पणको शक्तिले डेग नहल्लेका डा. केसी शुक्रबार बिहान १० बजे चौधौं दिन आमरण अनशन तोड्दै थिए। उनलाई हेर्न आएका शुभेच्छुक र समर्थकको भिडले टिचिङ प्रांगण खचाखच थियो। डा. केसीले कहिले आफ्नो अक्सिजन मास्क खोल्लान् र उनको अनुहार प्रस्ट देख्न पाइएला भन्ने व्यग्रता सबैका आँखामा झल्किन्थ्यो।
जब खनालले धन्यवाद मन्तव्य पढेर सिध्याए, डा. केसीले सबैको व्यग्रता शान्त पार्दै आफ्नो अक्सिजन मास्क खोले। माइक समाते। र, शुष्क तर ओजिलो लवजमा भने, 'म यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। यो आन्दोलनको उपलब्धि जोगाइदिन सबैसँग आग्रह गर्छु।'
धन्यवाद क्रममा आफूलाई साथ दिने धेरै डाक्टर, विद्यार्थी र संघ–संस्थालाई सम्झेपछि उनले थपे, 'सर्वोच्च अदालतका विद्वान न्यायाधीश, त्रिविका पदाधिकारी, कर्मचारीहरूसँग म आग्रह गर्छु, धेरै कष्टपछि पाएको यो उपलब्धि फेरि पनि कुण्ठित हुनुहुन्न। मलाई आशा र विश्वास छ, वरिष्ठताका आधारमा नयाँ डिन नियुक्ति भएर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई सेन्टर अफ एक्सिलेन्स बनाउन हामी सफल हुनेछौं।'
अनशन तोड्ने औपचारिक कार्यक्रम सुरु भयो।
डा. केसीकै हाडजोर्नी विभागमा उपचाररत भक्तपुरकी ७ वर्षीया एलिसा थापालाई उनकी आमाले बोकेर अगाडि ल्याइन्। कम्मरको हड्डी खुस्किएर ६ महिनादेखि डा. केसीसँगै उपचार गराइरहेकी छन् एलिसा। बालबालिकाको हाडजोर्नीमै विशेषज्ञता गरेका डा. केसीले आफैं हेरिरहेका छन् उनको समस्या।
चौध दिनदेखि नदेखेका आफ्ना डाक्टरलाई अगाडि पाउँदा एलिसा दंग थिइन्। उनले आफ्नो हातबाट जुसको पाइप केसीको मुखनिर पुर्याइदिइन्। बालखाले राम्ररी मिलाउन नसकेपछि आमा अघि सरिन्। सरकारी वार्ता टोलीका संयोजक सचिव कृष्णहरि बाँस्कोटाले पनि साथ दिए। र, सँगै थिए चोपबहादुर गन्धर्व।
गन्धर्वहरूले नेपाली संस्कृतिमा पुर्याएको योगदानको कदर गर्दै डा. केसीले केही महिनाअघि पोखरामा 'मैले देखेको नेपाल' नामक फोटो प्रदर्शनी गरेका थिए। बिरामी खोज्दै गाउँगाउँ डुल्ने क्रममा खिचेका ती फोटो प्रदर्शनीकै बेला चिनापर्ची भएका चोपबहादुर पछि डा. केसीलाई टिचिङमा समेत भेट्न आए।
जुस पिलाउने कार्यक्रमपछि नर्स र विद्यार्थी डाक्टरहरूले केसीलाई सोझै आइसियु लगे। जाँदाजाँदै उनले भने, 'मफिन (केक) ल्याओ, आज म तिमीहरूसँगै खान्छु।'
डा. केसीलाई अत्यन्तै मनपर्ने 'मफिन' केक आइसियुमै मगाइयो। उनले विद्यार्थीकै हातबाट सानो टुक्रा खाए।
अहिले मेडिकल आइसियुमा सूक्ष्म अनुगमनसहित उनको उपचार भइरहेको छ। एकैपटक खाना खुवाउन नहुने भएकाले सघन निगरानीमा राखेर बिस्तारै औषधि, फ्लुड, भिटामिन र खाना दिने डाक्टरहरूले बताएका छन्। उनीहरूका अनुसार राम्ररी स्वस्थ हुन कम्तीमा १० दिन लाग्छ।
दिनहुँ बिरामी र विद्यार्थीबीच नै हराइरहने बानी भएका केसीलाई मेडिकल आइसियुमा समेत विद्यार्थी तारन्तार भेट्न आइरहेका छन्। एक विद्यार्थी भन्दै थिए, 'सर, हतारिएर आइतबारैदेखि वार्डमा राउन्ड लगाउन आउने होइन नि। मज्जाले आराम गर्नुस्।'
जवाफ डा. केसीले होइन, वार्डमा खटिएकी नर्सले दिइन्, 'कहाँ जान दिन्छौं र यत्तिकै। कम्तीमा १०/१२ दिन यहीँ राख्छौं। अब त बिरामी हो नि उहाँ हाम्रो। निको नपारी पठाउँदैनौं।'
झुस्स सेता दाह्रीजुँगामा निकै गलेको देखिएका केसी मुसुक्क हाँसे।
सरकारले नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्ने, मेडिकल विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी प्रारुप तयार पार्ने, वरिष्ठताका आधारमा आइओएम डिन नियुक्त गर्नेलगायत सहमति गरेपछि डा. केसीले अनशन तोडेका हुन्।
यसअघि शुक्रबार बिहान केसीका तर्फबाट वार्तामा खटिएका आइओएमका सहायक डिन डा. विमल सिन्हालगायत चिकित्सक र सरकारद्वारा गठित उच्चस्तरीय वार्ता टोलीबीच सहमतिलाई अन्तिम रूप दिएर हस्ताक्षर भएको थियो। त्यसपछि ठूलो संख्यामा उपस्थित अस्पतालका डाक्टर, रेजिडेन्ट, कर्मचारी र सर्वसाधारणमाझ सरकारी वार्ताटोलीका संयोजक प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयका सचिव बाँस्कोटाले माग सम्बोधनको प्रतिबद्धता र सहमतिपत्र पढेर सुनाएका थिए।
केसीको अनशनमा समर्थनसहित आन्दोलनमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष अञ्जनीकुमार झाले पनि सरकार सबै माग पूरा गर्न सहमत भएको भन्दै डा. केसीलाई अनशन तोड्न औपचारिक आग्रह गरेका थिए। अनशनमा समर्थन जनाउँदै आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गराएको संघले सहमतिपछि आफ्नो विरोध कार्यक्रम फिर्ता लियो। आन्दोलनका उपलब्धिको रक्षा र कार्यान्वयन निम्ति छुट्टै समिति बनाएर अनुगमन गर्ने संघले जनाएको छ।
सहमतिमा के छ?
सहमतिपत्रअनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई छुट्टै मेडिकल विश्वविद्यालयका रूपमा स्थापना गर्नेबारे सम्भाव्यता अध्ययन गरी प्रारुप तयार गरिने भएको छ। मेडिकल विश्वविद्यालयको आर्थिक तथा अन्य सबै पक्षबारे सम्भाव्यता अध्ययन गरी सरकारलाई सुझाव दिन आइओएमकै पूर्वडिन डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदललाई प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ।
नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्नुपर्ने केसीको अर्को माग कार्यान्वयन गर्न पनि सरकारले सहमति जनाएको छ। तत्काललाई सम्बन्धन बन्द गर्ने र अबका दिनमा नयाँ मेडिकल कलेज खोल्न आवश्यक छ कि छैन भन्नेबारे राष्ट्रिय नीति तय गर्न सरकार राजी भएको छ। नेपालको मेडिकल जनशक्ति, भौगोलिक अवस्थिति, सन्तुलित विकास समेतलाई ध्यानमा राख्दै मेडिकल कलेज सम्बन्धनको राष्ट्रिय नीति बनाएर त्यसैअनुसार निर्णय गरिनेछ। प्रस्तावित राष्ट्रिय नीतिले आगामी दिनमा कलेजको सम्बन्धनलाई समेत व्यवस्थापन गर्नेछ।
आइओएममा वरिष्ठताका आधारमा नयाँ डिन नियुक्त गर्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ। यसलाई आश्वस्त पार्न टिचिङका विद्यार्थीले मध्यरातमै सबै वरिष्ठ प्राध्यापकलाई छलफल निम्ति डाकेका थिए। उनीहरूले सबै प्राध्यापकलाई 'पदको लोभमा नपरी कनिष्ठ व्यक्तिलाई डिन नियुक्त गरिए स्वीकार गर्दैनौं' भनी बाचा गर्न लगाएका छन्। सरकारले आफ्नो बाचा तलमाथि गरेर कनिष्ठ वा अन्य विवादास्पद व्यक्तिलाई डिन बनाए स्वीकार नगर्न उनीहरूले सचेत गराएका छन्।
वार्ता टोलीले डिन नियुक्तिबारे त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग बिहीबार साँझ छुट्टै छलफल गरेको थियो। त्यसअघि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले त्रिवि उपकुलपति हीराबहादुर महर्जन र रेक्टर गुणनिधि न्यौपानेलाई डाकेर 'केसीको मागअनुसार वरिष्ठताकै आधारमा डिन नियुक्त गर्न' निर्देशन दिएका थिए। दुवै भेटमा त्रिवि पदाधिकारीले वरिष्ठताकै आधारमा डिन नियुक्त गर्ने प्रतिबद्धता गरेपछि वार्ताटोली सहमतिमा अघि बढेको हो।