खोटाङ– अधिक रक्तश्रावका कारण उदयपुरको ठानागाउँमा सुत्केरी भएको एक घन्टा नबित्दै महिलाको मृत्यु भएको छ। ठानागाउँ–२ केराबारीकी २२ वर्षीया अम्बीका मगरको सुत्केरी भएको एक घन्टामै ज्यान गएको आफन्त सम्बरबहादुर राईले जनाए।
सुत्केरी हुँदा उनी खोटाङ डिकुवा २ रातमाटे माइतीमा थिइन्। जन्मँदा ५ केजी तौल रहेको नवजात शिशुको स्वास्थ्य भने सामान्य छ। सिकिस्त बिरामी मगरलाई स्थानीय मेडिकलमा उपचार नभएपछि कटारी लैजाने तयारी गर्दागर्दै ज्यान गएको हो।