सप्तरी– सप्तरीका ४० जना मेधावी विद्यार्थीले छात्रवृत्ति पाएका छन्। हिमालयन क्लाइमेट एनिसिएटिभको 'सद्भाव छात्रवृत्ति'कार्यक्रमअन्तर्गत चार वटा सरकारी स्कुलका ४० विद्यार्थीले छात्रवृत्ति पाएका हुन्। वार्षिक ६ हजार दिइने लक्ष्य राखिएको सद्भावर् यालीको पहिलो महिना उनीहरु पाँच सय रुपियाँ पाएका हुन्।
सो संस्थाले पाँच वर्षमा १० हजार गरिब तथा जेहेन्दार विद्यार्थिलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। यस कार्यक्रमले विभिन्न वर्ग तथा जातजातिका नेपाली–नेपालीबीचमा सदभाव फैलाउने उद्देश्य समेत लिएको छ। यस कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न काठमाडौंका प्रतिष्ठित व्यवसायिक घरनासँग आबद्ध भीजी फाउण्डेशनले प्रत्येक वर्ष १० लाख गरी दस वर्षसम्ममा १ करोड रुपियाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
'बालबालिकालाई आधारभुत शिक्षा दिलाउने राज्यको दायित्व भए पनि नागरिक समाजको तर्फबाट भएका यस्ता पहल स्वागतयोग्य हुन्,' केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्ली राम गिरीले भने, ' नेपाल सरकारले यस्ता कदमलाई प्रोत्सहान तथा सहयोग गर्नु आवश्यक छ।' आगामी ५ वर्षमा सद्भाव छात्रवृत्ति कार्यक्रमलाई ७५ जिल्लामा पुर्या उने हिमालयन क्लाइमेट इनिसिएटिभको लक्ष्य रहेको छ।
सप्तरीका श्री लक्ष्मी नारायण उच्च माध्यमिक विद्यालय, श्री पब्लिक माध्यमिक विद्यालय, नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय र श्री पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा पहिलो चरणमा सद्भाव छात्रवृत्ति कार्यक्रम अन्तर्गत २४ छात्रा र १६ छात्रलाई सद्भाव छात्रवृत्ति प्रदान गरिएको हो। विशाल ग्रुप फाउण्डेशनको आर्थिक सहयोगमा प्रशासनिक तथा सञ्चालन प्रणाली विकास भइसकेकाले व्यक्तिगत तथा संस्थागत प्रायोजकहरुबाट प्राप्त हुने शत प्रतिशत सहयोग विद्यार्र्थीहरुलाई नै उपलब्ध गराइने हिमालयन क्लाइमेट इनिसिएटिभका संस्थापक प्रशान्त सिंहले बताए।