काठमाडौं- सरकारले डा. गोविन्द केसीको आमरण अनशनका कारण चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन वरिष्ठता आधारमा नियुक्त गर्ने प्रतिबद्धता जनाएको चार दिन बितिसक्दा पनि यससम्बन्धी प्रक्रिया सुरु गर्न बित्थामै ढिलासुस्ती गरिएको छ।
टिचिङ अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीको १४ दिन लामो अनशनले दबाब उत्पन्न भएपछि सरकारी वार्ता टोलीले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदसँग छलफल गरेर डिन नियुक्ति प्रक्रिया तुरुन्तै थाल्ने प्रतिबद्धता गरेको थियो। अहिले आएर त्रिवि कार्यकारी परिषदले वरिष्ठता आधारमा डिन नियुक्त गर्न ढिलाइ गरिरहेको छ। पाँच दिनदेखि रिक्त डिन पदमा निमित्तको जिम्मेवारीसमेत कसैलाई दिइएको छैन।
त्रिभुवन विश्वविद्यालयका रेक्टर चन्द्रमणि पौडेलले कार्यकारी परिषद बैठक नबसी डिन नियुक्तिबारे भन्न नसकिने बताए। निमित्त दिने पनि उपकुलपतिको अधिकार भएकाले आफूले केही बताउन नसक्ने उनको भनाइ थियो।
संस्था डिनविहीन हुँदा दैनिक कामकाजसमेत प्रभावित छ। डिनका नाममा आएका महŒवपूर्ण चिठीपत्र खोल्नदेखि आन्तरिक बैठक, हिसाबकिताब र कतिपय प्राध्यापक एवं कर्मचारीको करार थप्ने कार्यसमेत प्रभावित भएको डिन कार्यालयले जनाएको छ।
नयाँ नियुक्ति नभएसम्म कसैलाई निमित्तको जिम्मेवारी नदिइएकाले दैनिक प्रशासनिक काम रोकिएको सहायक डिन डा. विमलकुमार सिन्हाले बताए। 'निमित्त डिनको जिम्मेवारीसमेत कसैलाई नदिइएकाले संस्था चल्नै गाह्रो भइरहेको छ,' उनले सोमबार नागरिकसँग भने, 'नियुक्ति प्रक्रिया बेग्लै होला, तर निमित्त त दिनैपर्ने हो।'
डिन बिदामा बस्दा वा रिक्त हुँदा तुरुन्त सहायक डिनमध्ये वरिष्ठलाई निमित्त दिने गरिएकोमा यसपटक त्रिवि कार्यकारी परिषदले पूर्वडिन डा. शशि शर्मालाई बर्खास्त गरेको पाँच दिन बितिसक्दा पनि कसैलाई जिम्मेवारी दिइएको छैन। मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको निर्देशनअनुसार त्रिवि कार्यकारी परिषदले यही माघ ८ गते शर्मालाई बर्खास्त गरेको हो।
पूर्वडिन डा. प्रकाश सायमीले गत पुस २ गते लागू हुनेगरी मंसिर १९ मा राजीनामा बुझाएर बिदामा बस्दा वरिष्ठ सहायक डिन डा. सिन्हालाई नै निमित्त दिइएको थियो। सायमीको राजीनामा कार्यकारी परिषदले पुस २४ मा स्वीकृत गरी भोलिपल्ट डा. शर्मालाई डिन नियुक्त गरेको थियो। पुस २८ गते पदबहाली गरेका उनी त्यसपछि एक दिन मात्र कार्यालय गए। पुस ३० देखि रेजिडेन्ट चिकित्सकहरूले डा. शेसीको आमरण अनशनमा समर्थन जनाउँदै डिन कार्यालयमै तालाबन्दी गरेका थिए।