काठमाडौं– शिक्षक सेवा आयोगले १७ वर्षपछि सञ्चालन गरेको शिक्षक पदमा स्थायी पदपूर्तिका लागि खुला प्रतियोगितात्मक परीक्षाको नतिजा काठमाडौं जिल्लाको हकमा प्रकाशित गरेको संशोधित नतिजालाई मान्यता दिँदै सर्वोच्च अदालतले आइतबार अन्तर्वार्ताका लागि बाटो खुला गरिदिएको छ।शिक्षक सेवा आयोगले काठमाडौं जिल्लाको माध्यमिक तहको स्वास्थ्य र शारीरिक विषयको परीक्षाको नतिजामा कुल सम्मिलित परीक्षार्थीमध्ये दुईतिहाइको उत्तरपुस्तिकाबिना नै मंसिर १९ गते नतिजा निकालेको थियो।
काठमाडौं जिल्लाबाट स्वास्थ्य र शारीरिक विषयको लिखित परीक्षामा तीन परीक्षा केन्द्रबाट ६ सय १ परीक्षार्थी सहभागी रहेको भए पनि आयोगले २ सय २ परीक्षार्थीको उत्तरपुस्तिकाको आधारमा परीक्षाको नतिजा प्रकाशन गरी ठूलो लापरबाही गरेको भन्दै अघिलो दिनको नतिजामा पास भएका विद्यार्थीले विरोध जनाएका थिए। उनीहरुले अन्तर्वार्ता रोक्न सर्वोच्चमा रिट दायर गरेका थिए।
सोही रिटमा आइतबार अदालतले सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्नु नपर्ने देखिएकाले काठमाडौं जिल्लाको हकमा अन्तर्वार्ता सुरु गर्न सर्वोच्चले आदेश दिएको आयोगका उपसचिव नारायण भट्टराईले जनाए।
शिक्षक अयोगले १९ गते राष्ट्रिय पत्रिकामा सूचना प्रकासित गरी काठमाडौं जिल्लाको खुला तर्फ माग भएअनुसार ५,महिला तर्फ १, आदिवासी/जनजाति तर्फ १,मधेशी १ र दलित १ गरी कुल ९ पदसँख्यामा १९ जनाको नाम प्रकाशित गरेका थियो।
तर अयोगले नतिजा प्रकाशनको तीन दिनपछि मंसिर २२ गतै सोहि राष्ट्रिय पत्रिकामा पूनःसूचना प्रकासित गर्यो। उक्त सूचनामा मंसिर १९ मा काठमाडौं जिल्लाकेा स्वास्थ्य र शारीरिक विषयको प्रकाशित नतिजा ३ वटा परीक्षा केन्द्रको एकीकृत गरी प्रशासित गर्नु पर्नेमा प्राविधिक कारणबश एउटा केन्द्रको मात्र नतिजा प्रकाशन हुन गएकोमा पून संसोधित गरी नतिजा प्रकाशन गरिएको जनायो। दोस्रो पटको सूचनामा दलित तर्फ सरस्वती रम्तेलबाहेक अरु १८ वटै नाम नयाँ प्रकासित गरेको छ।
अदालतले अयोगको मंसिर २२ को नतिजालाई मान्यता दिँदै फैसला सुनाएको र सोही अनुसार परीक्षाको काम सुरु गर्ने भट्टराईले बताए।
उता अयोगले मानवीय त्रुटिका कारण भूलबस एउटा केन्द्रको मात्र नतिजा प्रकाशन हुन गएको स्वीकारेको छ।
शिक्षक आयोगका साखा अधिकृत हरिभक्त पौडेलले लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा काम गर्ने सन्दर्भमा त्रुटि भएको तर त्यसलाई सच्याएर आयोग अघि बढेको दाबी गरे। 'अख्तियारले छानविन गर्न शिक्षक अयोगमा चिठि पठाएको छ, 'पौडेलले भने'पास हुने थोरै भएकोले पनि धेरै विरोध आएको हो।'अयोगले मावि र निमविको नतिजा प्रकाशन गरे पनि प्राविको सबै बाकी रहेको उनले जनाए।
शिक्षक सेवा अयोगले माध्यामिक,निम्नमाध्यामिक र प्राथमिक तह गरी कुल १३ हजार ५९ शिक्षक दरबन्दीकोलागि दरखास्त आवहान गरेको थियो।