काठमाडौं-सहरका मुख्य सडकमा रहेका पसल वा होटलवालाले अब आफ्नो वरिपरि आफैंले व्यवस्थापन गर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिकाले फोहोर गर्ने कार्यलाई रोक्न फागुनदेखि कडाइसाथ नियम लागू गर्ने तयारी गरिरहेको छ।
महानगरपालिका वातावरण महाशाखा प्रमुख हरि कुँवरका अनुसार सुरुमा ठूला सडकका छेउमा हुने फोहोर नियन्त्रण गर्न त्यस्ता सडकमा यो कार्य थालिनेछ। 'काठमाडौंका कतिपय सडक पसल र होटलवालाका कारण फोहोर हुने गरेका छन्,' उनले भने, 'अब उनीहरु आफैंले यसको व्यवस्थापन गर्न जरुरी छ।'
महानगरको २३ औं नगरपरिषदले पनि यसलाई पास गरेको अवस्थामा कार्यान्वयन गर्न लागिएको उनले बताए। घर पसलको फोहोर र त्यहाँ वरिपरि रहेको फोहोर नियन्त्रण र फोहोर नगर्ने जिम्मेवारी उनीहरु आफैंले बहन गर्नुपर्ने परिषदले पास गरिसकेको छ।
'बिहान नौदस बजे पसल होटल खुल्छन् अनि दिनभर प्लास्टिक लगायत फोहोरमैला सडकमा फाल्दा सडक फोहोर भए पसलेलाई मतलब हुँदैन,' उनले भने, 'फोहोर उठाउनुभन्दा नगर्नु नै सबैभन्दा उत्तम हुन्छ। अब उनीहरुलाई काबाहीको समेत तयारी गरेका छौं।'
उनीहरुले आफ्नो पसल/होटलमा फोहोर राख्ने भाँडोको अनिवार्य व्यवस्था गर्ने पनि उनले बताए। त्यसपछि महानगरले उठाउने उनले जनाए।
फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार कम्तीमा पाँच सय रुपैयाँदेखि बढीमा एक लाख रुपैयाँ जरिवाना वा तीन महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको उनले जनाए।
फागुनमा सूचना निकाल्ने, पर्चा बाँड्ने र फोहोरसम्बन्धी चेतनामूलक कार्यक्रमबाट यो योजना सफल पारिने महानगरको योजना छ। महानगरपालिका क्षेत्रमा दैनिक साढे छ सय टन फोहोर संकलन हुन्छ। फोहोर व्यवस्थापनमा महानगरको वार्षिक ५३ करोड खर्च हुँदै आएको उनले बताए।
धोबीखोला सफाइ
काठमाडौं महानगरपालिकाले फागुन ३ देखि धोबीखोला सफाइ गर्ने भएको छ। यसका लागि चार वटा समूह बनाएर काम थाल्न लागिएको छ। वातावरण महाशाखा प्रमुख हरि कुँवरका अनुसार वडा कार्यालय, विभिन्न टोल सुधार समिति, क्लबहरुको सहकार्यमा सरसफाइ हुन लागेको हो।
गोपीकृष्ण पुलदेखि माथि एउटा, गोपीकृष्ण पुलदेखि कालोपुलसम्म, कालोपुलदेखि सेतोपुलसम्म र सेतोपुलदेखि बागमती देाभानसम्म चार वटा समूहले सफाइ गर्नेछन्।