आमाको १२ हजारकाे गहनाले बनायाे कराेडपति
२७ जेष्ठ २०७८
•
४ मिनेट पाठ
आमाको १२ हजारकाे गहनाले बनायाे कराेडपति
निर्माणाधिन उद्योगका बारे जानकारी दिँदै उद्योगी थापा । तस्बिरः योगेश रावल
कैलालीको लम्कीका सूर्यबहादुर थापा सानै उमेरदेखि उद्योगी बन्न चाहन्थे । तर उद्योगी बन्नका लागि उनको आर्थिक अवस्था मजबुत थिएन । निम्न पारिवारिक वातावरणमा हुर्किएका थापाको उद्योगी बन्ने चाहना भने बढ्दै गैरहेको थियो ।




जब उनी २०४३ सालमा १९ वर्षका थिए उद्योगी बन्ने यात्राको थालनी गर्ने हिम्मत जुटाए । हिम्मत जुटाएर मात्रै के गर्नु लगानी थिएन । उनलाई थाहा थियो यो बेला सुरु गरेन भने चाहना पूरा गर्न सकिँदैन । उनले १२ हजार रुपैयाँमा आमाको घाँटीमा रहेको चाँदीको माला बेचे । सो रकमले कैलालीको चिसापानीमा किराना पसल थापे ।  

सानै उमेरदेखि मेहेनती उनको किराना पसल खुब फस्टायो । उनले चिसापानी मै होटल खोले । तत्कालीन माओवादी द्वन्द्वका क्रममा होटलमा क्षति पुग्यो । उनी चिसापानी छोडेर लम्की पुगे । उनले लम्कीमा व्यवसाय सुरु गरे । व्यवसायका क्रममा केही रकम जुटाईसकेका थिए । उनको मनमा उद्योग खोल्ने योजना बन्यो । उनले २० वर्षअघि लम्कीमा डल्फिन खाद्य उद्योग खोले । त्यहाँ चामल उत्पादन हुन थाल्यो । उद्योगले बिस्तारै गति लियो । केही ठाउँमा भाडामा समेत उद्योग सञ्चालन गरे ।

उनले चामल उद्योग भएकै ठाउँमा १२ वर्षअघि अर्को उद्योग सुरु गरे । त्यो थियो डल्फिन दाना उद्योग । त्यहाँ कुखुराको दाना उत्पादन हुन थाल्यो । दाना उद्योगले उनलाई आर्थिक रुपमा माथि उकास्यो । तत्कालीन सुदूर र मध्यपश्चिमका जिल्लामा डल्फिन दाना उद्योगले निकै बजार ओगट्यो ।  

उनी डल्फिन दाना उद्योगको सफलतासँगै उत्साहित बने । उनले उद्योग विस्तार गर्ने योजना बनाए । त्यसका लागि लम्कीमा रहेको ठाउँ साँघुरो भयो । कैलालीका विभिन्न ठाउँमा जग्गा खोजे तर पाएनन् । प्रस्तावित डुँडेझारी औद्योगिक क्षेत्र स्थापनाको बाटो कुरे । उनी आफै पनि औद्योगिक क्षेत्र स्थापनाका लागि निकै दौडिए । तर औद्योगिक क्षेत्र स्थापनाको टुङ्गो लागेन । समय घर्किदै गएपछि उनी कुरेर बस्न सकेनन् ।  

उनले यतिबेला बाँकेको कोहलपुर नगरपालिका–७ मा आफ्नो उद्योग विस्तार गरेका छन् । करिव २५० करोडको लागतमा उद्योग स्थापना भैरहेको छ । त्यहाँ कुखुरा र गाईवस्तुको दाना, चामल र मैदा उत्पादन हुनेछ ।  

उनका अनुसार यो दाना उद्योग नेपालकै सबैभन्दा ठूलो हुनेछ । जसले प्रति घण्टा १५० क्विन्टल दाना उत्पादन गर्नेछ । उनले उद्योग सञ्चालनमा आउने बित्तिकै बजार क्षेत्र देशब्यापी बनाउने योजना सुनाए । ‘अहिले तीन प्रदेशमा रहेको हाम्रो बजार देशभर फैलिने छ’, उनले भने, ‘हामी गुणस्तरीय दाना उत्पादन गर्नेछौं ।’

उनका अनुसार चामल उद्योग पश्चिम नेपालको सबैभन्दा ठूलो हुनेछ । जसले प्रति घण्टा ८० क्विन्टल चालम उत्पादन गर्नेछ । उनको मैदा उद्योगको क्षमता समेत सोही हाराहारीको हुनेछ । उनका तेल, चिउरा, दाल उत्पादन गर्ने उद्योग समेत स्थापनाको क्रममा छन । ‘अबको छ महिना भित्र सबै उद्योग सञ्चालनमा आउने छन’, उनले भने, ‘करिव ८० प्रतिशत काम सम्पन्न भैसकेको छ ।’

उनले कुखुराको मासु भण्डारणका लागि कोहलपुरमै एकसय टन क्षमताको कोल्ड स्टोर स्थापना गरेका छन् । त्यो अझै सञ्चालनमा आउन सकेको छैन । उनका अनुसार कुखुरा काट्ने अत्याधुनिक मेसिन जडानमा ढिलाई भएकाले कोल्ड स्टोर सञ्चालनमा ढिलाई भएको हो । उनले कुखुरा काटेर हरेक पसल पसलमा पुर्‍याउने व्यवस्था गरिने जानकारी दिए ।    

उनको नेतृत्वमा चार भाई र आठ छोरा दिनरात सक्रिय छन् । सयौंको संख्यामा कर्मचारी राखेका छन् । उनका अनुसार उद्योग पूर्ण रुपमा सञ्चालनमा आए १ हजार ५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने छन् । अप्रत्यक्ष रोजगारी प्राप्त गर्नेको संख्या यो भन्दा धेरै हुनेछ ।  

उनले २ महिना चीनमा बसेर उद्योग सञ्चालन सम्बन्धी अनुभव बटुलेका छन् । उनी त्यो अनभुवलाई व्यवहारतः कार्यान्वयन गर्न चाहन्छन् । उनलाई राज्यका तर्फबाट भैरहेको व्यवहार चित्त बुझेको छैन । उनी राज्यले उद्योगीलाई सघाउने भन्दा पनि हतोत्साहित पार्ने खालको व्यवहार गरेको बताउँछन् । ‘राज्यले दुःख दिने बाहेक अरु काम गरेको छैन’, उनले भने,‘गर्छु भनेको कुरा मात्रै गरिदिए धेरै हुन्थ्यो ।’

उनले उद्योगसम्म पुग्ने बाटो आफै निर्माण गरेका छन् । सरकारले बिजुली पुर्‍याउने भनेको धेरै समय बितिसक्यो । तर अहिलेसम्म बिजुली पुगेको छैन । जेनेटरकै भरमा उद्योग स्थापनाको काम भैरहेको छ ।  

उनी उद्योग स्थापना भैसकेपछिका समस्याका बारेमा समेत जानकार छन् । उनका अनुसार एकातिर बजारको समस्या अर्कोतिर कच्चा पदार्थको अभाव रहनेछ । उनले ९० प्रतिशत कच्चा पदार्थ बाह्य मुलुकबाट आउने गरेको बताए ।  

उनले दाना उद्योगका लागि आवश्यक पर्ने मकै आफ्नै देशमा उत्पादन गर्ने सोच बनाए । उनले मकै खेतीको प्रवर्धनका लागि अभियान सुरु गरे । त्यसले १० प्रतिशत मात्रै आपूर्ती रोकियो । उनी ठूलो मात्रामा मकै उत्पादन गर्न आफै मकै खेति गर्ने योजनामा छन् । उनका अनुसार त्यसका लागि ५०० विगाह जमिनको खोजी भैरहेको छ । ‘अब अरुको भर परेर हुँदैन’, उनले भने, ‘जे गर्ने हो आफै गर्नुपर्छ ।’

उनको आगामी योजना ठूलो चिनी मिल (उद्योग) खोल्ने छ । उनले पश्चिम नेपालका पाँच जिल्लालाई लक्षित गरेर बर्दियाको राजापुरमा चिनी मिल खोल्ने तयारी भैरहेको बताए ।  

सानो लगानीमा व्यवासाय सुरु गरेर करेडौंका उद्योग सञ्चालन गरिरहेका थापा राजनीति पनि गर्छन् । उनी हाल जिल्ला समन्वय समिति कैलालीका संयोजक पनि हुन् । उनी समाजसेवाका क्षेत्रमा समेत सक्रिय छन् ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस