अस्पताल भर्ना भएको ६ घण्टामा संक्रमित महिलाको मृत्यु
२८ जेष्ठ २०७८
•
२ मिनेट पाठ
अस्पताल भर्ना भएको ६ घण्टामा संक्रमित महिलाको मृत्यु
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएको ६ घण्टामा एक संक्रमित महिलाको मृत्यु भएको छ। तातोपानी गाउँपालिका १ राँकागाउँकी ३४ वर्षीया एक संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो।  




कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भट्टराईले संक्रमित महिला दिर्घरोगी भएको जानकारी दिए। उनले भने,‘संक्रमित महिलाको किड्नी मुटु, हेमोग्लोविन पनि कम थियो। बिहीबार नै अस्पतालमा भर्ना गरिएको हो। आईसियू र भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन सकिएन।’

उनी संगै तातोपानी गाउँपालिकामा कोरोना संक्रमितको संख्या २४ जना थियो। गाउँमा रुघाखोकीका बिरामी बढ्न थालेपछि सूचना अधिकारीले दिएको सूचनाका आधारमा कोरोना परीक्षण गर्दा २५ जनामा २३ जना संक्रमित देखिएका थिए। अन्य संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ। गम्भीर प्रकारका बिरामीको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ।  

कोभिड अस्पतालमा उपचार हुन नसक्ने बिरामी कर्णाली अस्पतालमा पठाउने तयारी भइरहेको छ। यो घटनासँगै जुम्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। हिमा गाउँपालिका–७ का एक पुरुष, तिला गाउँपालिका–१ रारालिहिका एक जना पुरुष र गुठीचौर गाउँपालिका–३ की एक महिलाको कोभिडका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

जुम्लामा कोरोना संक्रमितको संख्या ५७४ पुगेको छ। संक्रमण मुक्त हुनेको संख्या ३३२ जना रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन कक्षमा २७ जना उपचार गराइरहेका छन्।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराउन ल्याएका सुर्खेतको १, कालिकोटका जिल्लाको तिलागुफा नगरपालिकाका २ जनाको मृत्यु भएको थियो। कर्णाली अस्तालमा ३ जना जिल्ला बाहिरको र ४ जना जिल्ला भित्रको गेरर ७ जना संक्रमितको मृत्यु भइसकेको छ।
अर्को समाचार
भारतबाट फर्किएकी संक्रमित महिलाको मृत्यु
०७ वैशाख २०७८
•
१ मिनेट पाठ
भारतबाट फर्किएकी संक्रमित महिलाको मृत्यु
कोभिड–१९ संक्रमित रुकुम पश्चिममा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको छ। रुकुम पश्चिमस्थित मुसीकोट नगरपालिका–७ की ४० वर्षीया ती महिलाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो। रोजगारीका लागि भारत गएकी ती महिला एक साता अघिमात्र घर फर्किएकी थिइन्। 




भारतको तीव्र रूपले कोरोना भाइरस फैलिन थालेपछि उनी घर फर्किएकी परिवारले जनाएका छन्। ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मृतक महिला शनिबार अस्पताल पुगेकी जिल्ला अस्पताल सल्लेका फोकल पर्सन इश्वर रावलले जनाए।

‘सोमबार बिहान अकस्मात ज्वरो बढी भइएर बेहोस हुनुभयो,’ उनले भने, ‘पछि उहाँको मृत्यु भयो।’ परिवारका सदस्य उनका छोरा र ससुराको पनि कोरोना परीक्षण गरिएको फोकल पर्सन रावलले जनाए। मृतक महिलाका श्रीमान् रोजगारीका लागि तेस्रो मुलुकमा छन्।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस