काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा साढे चार करोडको लागतमा पुस्तकालय भवन बन्ने भएको छ। भवनको बिहीबार नेपालका लागि भारतीय राजदूत रन्जित रेले शिलान्यास गरे।
४ करोड ४१ लाख २० हजार रुपैयाँ भारतीय सहयोगमा बन्ने पुस्तकालय भवनले नेपालका अनुसन्धाता शिक्षविद्लाई अनुसन्धान र सन्दर्भपुस्तकहरूको सुविधा पुर्याउने भारतीय दूतावासले जनाएको छ। सन् १९५७ मा स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमार्फत भाषा, साहित्य, संस्कृति, दर्शन, अनुसन्धानको प्रवर्धनसहित सांस्कृतिक तथा बौद्धिक क्षेत्रको विकासमा सक्रिय राष्ट्रिय प्रतिष्ठान हो।