काठमाडौं- स्थानीय निकायमा भएको भ्रष्टाचार रोक्न र संलग्नलाई कारबाही माग गर्दै १३ दिनदेखि खुलामञ्चमा अनशन बसेकी शारदा भुषाल झाले अनशन तोडेकी छन्। सरकारले अनसनप्रति कुनै चासो नदेखएपछि झाले ' सरकारविहिन देश भएको' भन्दै सरकारको श्राद्ध गरेर अनशन तोडेकी हुन्।
अनशन बसेको १३ दिनसम्म आफ्नो मागप्रति सरकारवाट कुनै प्रतिकृया नआएपछि झाले शनिबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि १३ दिने क्रियाकर्म गरी अनशन सकिएको घोषणा गरिन्।
उनले सरकार, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको मृत्यु भएकाले आफुले न्याय पाउने आश नभएको दावी गर्दै आफैंले अनशन तोडेको बताइन्। ' मरेको सरकारसँग सम्झौता हुन सक्दैन भनेर अनशन तोडेकी हुँ,' उनले भनिन्, 'सरकारले केही गर्छ भन्ने आश छैन त्यसकारण अब न्यायका लागि जनतामाझ जान्छु।'
झाले अब कहिल्यै अनशन नबस्ने तर भ्रष्टाचारी र विकृतिविरुद्ध आवाज उठाइरहने बताइन्। उनले भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागेकाले जनतामाझ गएर भ्रष्टाचारीको पर्दाफास गर्नेतर्फ आफू लाग्ने जनाइन्। 'गाउँगाउँ गएर भ्रष्टाचारविरुद्ध चेतना फैलाउनेछु,' उनले भनिन्, 'जनतालाई नै जागरुक बनाएर भ्रष्टाचारीको असली अनुहार बाहिर ल्याउनेछु।'
अनशन तोड्नुअघि झाले बालुवाटारमा १० बजे गरेको श्राद्धको पिण्ड चढाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। झाले श्राद्धको पिण्ड बालुवाटरको तीन नम्बर गेटमा चढाउने तयारी गरेकी थिइन्। गेटतर्फ झाको टोली आउन थालेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो।
श्राद्धलगत्तै अनशन तोड्ने क्रममा सुप खाइसकेपछि झा बेहोस भएकी थिइन्। बेहोस भएकी झालाई उनका सहयोगीले त्रिवि शिक्षण अस्पतालमा लगेर उपचार गरेका छन्। उपचारक्रममा चिकित्सकले झालाई केही दिन स्लाइन पानी दिएर राख्नुपर्ने बताएको थियो। तर झाले घरमै गएर आराम गर्छु भनेपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो।
विगतमा सरकारले झाँसग गरेको सम्झौता पूरा नभएपछि झाले तेस्रो पटक ६ गते बिहान ११ बजे खुलामञ्चमा मौन अनशन सुरु गरेकी थिइन्। झाले कपालसमेत खौरेकी थिइन्।