काठमाडौं- वीर अस्पतालअगाडिको व्यस्त सडकको आकासे पुल तीन महिनादेखि बन्द हुँदा अस्पतालका सेवाग्राही र पैदलयात्रीले जोखिम मोल्दै सडक पार गरिरहेका छन्। जीर्ण भएकाले मर्मतका लागि ३ महिनाअगाडि पुल झिकिएको थियो। तर, पुनः जोडिएको छैन।
खुलामञ्च र वीर अस्पताल क्षेत्रमा ओहोरदोहोर गर्नेका लागि बनाइएको पुल सार्वजनिक निजी साझेदारीअनुरुप ठेक्का पाएको इनोभेटिभ कन्सेप्ट प्रालिले मर्मत सुरु गरेको थियो। पुल सडकमा तेर्स्याएर राखिएको छ।
आकासे पुल भएकाले सो क्षेत्रमा बाटो काट्न जेब्राक्रस र ट्राफिक बत्तीसमेत छैन। रत्नपार्क, ठमेल लगायत स्थानमा जाने सो बाटोमा अत्यधिक सवारी चाप भए पनि पैदलयात्रु व्यस्त सडकमा अनुमानको भरमा बाटो पार गर्न बाध्य छन्।
मर्मत सुरु भएको लामो अवधिसम्म पनि पुल नजोडिएपछि काठमाडौं महानगरपालिकाले इनोभेटिभलाई तत्काल काम सक्न निर्देशन नदिएको भने हैन। तर, सामान नपाएको भन्दै उसले काम सक्नुभन्दा आलटाल गर्दै आएको छ।
'यात्रुको अत्यधिक चाप हुने क्षेत्रमा पुल नहुँदा यात्रुको जीवन जोखिममा परेको छ,' काठमाडौं महानगरपालिकाका एक कर्मचारीले भने, 'महानगरले पटकपटक भन्दा पनि मर्मत सकिएको छैन।'
'अस्पतालका बिरामी ओहोरदोहोर गर्न, खुलामञ्चका व्यापारिक लगायत पैदलयात्रीलाई पनि ओहोरदोहोर गर्न गाह्रो छ,' महानगर कर्मचारीले भने, 'मर्मत गर्न यत्तिको समय लाग्नु नपर्ने हो।'
महानगरपालिका भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख सञ्जयराज उपाध्यायले पछिल्लो पटक दिएको प्रतिबद्धता पनि कम्पनीले पूरा नगरेको बताए। 'हामीले पटकपटक चाँडो बनाउन ताकेता गरिसकेका छौं,' उनले भने, 'सामान बाहिरबाट ल्याउनुपर्ने भएकाले ढिला भएको कम्पनीले दाबी गरिरहेको छ।'
प्रालिका सञ्चालक मनोज भेटवालले मर्मतको सामान जुटाउन ढिलाइ भएकाले मर्मत लम्बिएको दाबी गरे। 'हामीले पुल बनाएर लगभग तयार पारिसकेका छौं,' उनले भने, 'बढी सवारी गुड्ने भएकाले ट्राफिकसँग सहकार्य गरेर पुल जोड्ने तयारीमा छौं।' उनले मंगलबारसम्म पुल जोडिसक्ने जानकारी दिए।