काठमाडौं- प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पतालले अस्पतालको फोहोरमैला टेकुस्थित खुला सडकमा फाल्ने गरेको भेटिएको छ। अस्पतालले फोहोर फालिरहेको सुइँको पाएपछि काठमाडौं महानगरपालिकाले उसलाई ५० हजार जरिवाना तिराउने भएको छ।फोहोरमैला व्यवस्थापन ऐन २०६८ विपरीत अस्पतालले फोहोर सडकमा फालेको भेटिएपछि महानगरले कारबाहीका लागि अस्पताललाई सोमबारै पत्र काटेको छ। सोमबार स्थानीयको खबरपछि महानगरले यसबारे चासो लिएको थियो।
'त्यहाँ सामान्य फोहोर पनि थुप्रिएर रहने गरेकामा त्यही अस्पतालले फोहोर फ्याँक्ने गरेको पाइयो,' महानगरपालिका वातावरण महाशाखा प्रमुख हरि कुँवरले भने, 'अस्पतालमा प्रयोग गरिने घाउका पट्टी, रगत लागेका कपडा भेटिएको खबर आएपछि हामी तुरुन्तै हेर्न पुगेका थियौं। फोहोरमै अस्पतालको कागज पनि भेटियो।'
त्यसपछि महानगरले अस्पताललाई खबर गर्दा अस्पतालले स्विकारेको पनि उनले जनाए। 'प्रदर्शनीमार्गको अस्पतालले फोहोर यति टाढा लगेर जिम्मेवारीबाट पन्छेको प्रष्ट हुन्छ,' उनले भने, 'त्यसैले कारबाही जरुरी छ।' ऐनअनुसार अस्पतालले आफ्नो फोहोर आफैंले व्यवस्था गर्नुपर्छ। सार्वजनिक ठाउँमा फाले ५० हजार रुपैयाँदेखि एक लाखसम्म जरिवानाको व्यवस्था ऐनमा छ।
अस्पतालले यस्तो कार्य दोहोर्यांए दोब्बर जरिवाना गराउने अधिकार रहेको उनले बताए। 'उनीहरुलाई गल्ती सच्याउन अल्टिमेटम दिँदै तीन दिनभित्र जरिवाना तिर्न आउनका लागि पत्र काटेका छौं,' उनले भने, 'अहिले सो फोहोर महानगरले व्यवस्थापन गरिसकेको छ।' महानगरले करिब तीन महिनाअघि तिलगंगा अस्पताललाई ३० हजार जरिवाना गराएको थियो।