काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलले गुन्डागर्दी नियन्त्रण र प्रहरीको व्यवहार सुधार आफ्नो कार्यकालको प्रमुख योजना रहेको बताउँदै यी विषयमा काम गर्न नसके एक सातामै फिर्ता हुने बताएका छन्।
अञ्चल प्रहरी कार्यालय बागमतीबाट सरुवा भएपछि सोमबार काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका उनले गुन्डागर्दीको सञ्जाल भत्काउन विशेष अपरेसन सञ्चालन गर्ने र संगठनको नीतिबाहिर गएर काम गर्ने प्रहरीलाई तत्काल कारबाहीको दायरामा ल्याउने बताए। 'अहिले काठमाडौंको प्रमुख समस्या गुन्डागर्दीको जालो हो, त्यसलाई भत्काउन इन्टेलिजेन्समा आधारित रणनीति कार्यान्वयनमा ल्याउँछु,' नागरिकसँग खरेलले भने, 'प्रहरीको व्यवहारप्रति ठूलो गुनासो छ, त्यसलाई सच्याउन पहल गर्छु।'
खरेलले आफूले काम गर्न नसके तत्काल काठमाडौं छाड्ने दाबी गर्दै आफ्नो स्पिरिटमा काम नगर्ने प्रहरीका लागि समेत काठमाडौंमा ठाउँ नभएको बताए। आफूले कुनै गल्ती गरे तत्काल कारबाही गर्न आग्रह गर्दै उनले आचरणविपरीत काम गर्ने प्रहरी पनि सोही आधारमा कारबाहीको दायरामा आउने बताए।
प्रहरीको कार्यशैली फेर्दै सूचनामा आधारित अनुसन्धानलाई अगाडि बढाउने आफ्नो भावी रणनीति रहेको उनले बताए। प्रहरीको सेवाप्रवाहलाई जनमुखी बनाउनु र उपत्यकामा फैलेको संगठित अपराधको जालो भत्काउनु आफ्नो कार्यकालको प्राथमिकता भएको उनले बताए।
घुमुवा प्रहरी आचरणविपरीत पैसा असुलीमा लाग्दा संगठन बदनाम भएको बताउँदै उनले घुमुवालाई आर्थिक स्रोत खोज्न नभई आपराधिक सूचना खोज्न परिचालन गरिने बताए। 'प्रहरी जनसेवक हो, त्यहीअनुसार सेवामा सुधार हुनु आवश्यक छ,' खरेलले नागरिकसँग भने, 'प्रहरीको आचरण सुधार्न र संगठित अपराधको जालो भत्काउन मलाई काठमाडौंवासीको सहयोगको खाँचो छ।'
काठमाडौं परिसरको प्रमुखका रुपमा काम सुरु गरेलगत्तै उनले आफूमातहका प्रहरी कर्मचारीलाई आचरणमा बसेर अपराधीविरुद्ध प्रभावकारी काम गर्न निर्देशन दिएका थिए। उपत्यकामा गुन्डाहरुको चलखेल बढेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले खरेललाई दोस्रो पटक काठमाडौं परिसरको प्रमुखमा सरुवा गरेको थियो। ३ वर्षअघि एसपी हुँदा उनी ८ महिना परिसर प्रमुख भएका थिए। बढुवामा नपरेपछि बिदामा बसेका उनी तालिम केन्द्र हुँदै बागमती पुगेका थिए।