झापा– एक थान पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भद्रपुरबाट पक्राउ परेका भारत बिहार किसनगन्जका ३५ वर्षीय वृषलाल सिंहलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ।
झापा प्रहरीका अनुसार भद्रपुर १ को गौशालाबाट उनी हतियारसहित पक्राउ परेका हुन्। उनको साथबाट ...मेड इन इटाली' लेखिएको अटोमेटिक पेस्तोल, १ थान म्याग्जिन र ४ राउन्ड गोली बरामद भएको एसपी मुकुन्द आचार्यले जनाए।
प्रहरीका अनुसार सिंहले कपडाले बेरेर पाइन्टभित्र हतियार लुकाएका थिए। उनी हतियार कारोबारी वा आपराधिक गिरोहका सदस्य भए नभएको खुलेको छैन।