प्रहरीको फोटो खिच्दा भक्तपुरका एकजना शिक्षक तथा अधिवक्ता शिवराम बोहजू पक्राउ परेका छन्। निषेधाज्ञाको बेला फलफूल बेच्न हिँडेका गाडावालालाई प्रहरीले गरिरहेको नियन्त्रणको फोटो खिच्दा बोहजू पक्राउ परेका हुन्। पक्राउको क्रममा उनीमाथि दुर्व्यवहारसमेत भएको छ।
घटना विवरण अनुसार बोहजू भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हासिंहस्थित तुमचो दुगुरे चोखा आवास योजनामा आफ्नै दिदीको निर्माणाधीन घरको दोस्रो तल्लामा थिए। सडकमा हल्ला भएको सुनेर हेर्दा दुई जना प्रहरी निषेधाज्ञाको समयमा फलफूल बेच्न हिँडेका गाडावालालाई नियन्त्रणमा लिन खोज्दै थिए। त्यसपछि बोहजूले देखेर मोबाइलबाट फोटो खिचेका थिए। गाडावालासँग ढकतराजु खोस्दै गरेका दुई प्रहरीमध्ये एकले फोटो खिचेको देख्ने वित्तिकै तत्काल दौडेर निर्माणाधीन घरको दोस्रो तल्लासम्म आई बोहजूलाई लछारपछार, गालीगलौज, अभद्र व्यवहार गरी जबरजस्ती प्रहरी भ्यानमा कोची मोबाइल समेत छिनेर लिएको बताइएको छ। त्यसपछि उनलाई बिना कारण करिब साढे तीन घण्टा प्रहरी नियन्त्रणमा राखेको थियो। उनलाई महानगरीय प्रहरी बृत जगातीमा राखिएको थियो।
बोहजू कानुन अध्ययन समाजका सदस्यसमेत हुन्। समाजले प्रहरीको सो दुर्व्यवहारको भत्सर्ना गरेको छ। समाजले विज्ञप्ति प्रकाशित गरी प्रहरीलाई खबरदारी समेत गरेको छ। समाजका अध्यक्ष रामप्रसाद प्रजापतिको हस्ताक्षर रहेको विज्ञप्तिमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको पालना गरी घरमै बसेका नागरिकको आधारभूत मानव अधिकारको समेत ख्याल नगरी फोटो किन खिचेको भन्दै ड्युटीमा रहेका प्रहरीले बोल्ने मौका समेत नदिई पक्राउ गरेको जनाएको छ।
प्रहरी चौकीमा आउन परे प्रहरीले भनेको ठाउँमा म आफै उपस्थित हुन तयार छु भन्दै गरेका समाजका सदस्य बोहजूलाई प्रहरी भ्यानमा लाने क्रममा पनि जबर्जस्ती लछारपछार गरी भ्यानमा हुली, जथाभावी गालीगलौज गरी अभद्र व्यवहार गरेको जनाइएको छ। महानगरीय प्रहरी बृत जगाती परिसरमा समेत गालीगलौज, अभद्र व्यवहार गरी मोबाईल फिर्ता नदिई कसैलाई सम्पर्क समेत नगराई करिब साढे तीन घण्टा गैरकानूनी रुपमा प्रहरी नियन्त्रणमा राखी नेपालको संविधान प्रदत्त मौलिक हक अन्तर्गतको स्वतन्त्रताको हक तथा सूचनाको हक हनन गरी कानूनी राज्यको खिल्ली उडाउनुको विज्ञप्तिमा जनाइएको छ। मानव अधिकार तथा नागरिक अधिकारको हनन् गरेकोप्रति समाजले भत्सर्ना गरेको छ।