आर्थिक र व्यवसायिक गतिविधि बढाउन कपिलवस्तुमा केही खुकुलोसहित एक साता निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमनको चेन ब्रेक गर्न कपिलवस्तुमा छैठो पटक निषेधाज्ञा थप गरिएको हो। जिल्लामा गत वैशाख २१ देखि निषेधाज्ञा जारी छ। आइतबार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले असार १ देखि असार ७ सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका हो।
प्रजिअ चक्रपाणी पाण्डेयले कोरोना भाइरसको दोश्रो भेरिएन्टको चेन रोक्नका लागि फेरि एक साताका लागि निषेधाज्ञा थपिएको बताए। असार ७ गते १२ बजे सम्मका लागि निषेधाज्ञा जारी रहने छ। अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए। खाद्यान्न तथा अन्य सरसामान किनमेलका लागि समयावधि बढाउदै दैनिक बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म समय तोकिएको छ। बैंकिङ र सरकारी कार्यालय खुला गरिएको छ।
यस्तै मोटरसाईकल कार र अटो चलाउन समेत दिईनेछ। सार्वजनिक यातायातमा भने रोक लगाइएको छ। सभा सम्मेलन गोष्ठी हाटेल तथा रेस्टुरेन्ट लगायतका संचालन गर्न रोक लगाइएको छ। जिल्लामा २ सय ३६ सक्रिय संक्रमित छन्। संक्रमितको संख्या घटेसंगै निषेधाज्ञालाई केही खुकुलो पारिएको प्रजिअ चक्रपाणी पाण्डेयले बताए।