नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह
०१ असार २०७८
•
१ मिनेट पाठ
नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह
स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो। 




कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय सुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा सङ्कलनको काम नगर्नरनगराउन अनुरोध गरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँठाउँमा खस्यो ढुङ्गा नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदो खसेको हो।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार सडकखण्डको सात दोबाटो र घुमाउनेमा ठूलो ढुङ्गा खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ। 

कालिखोला, जलवीरे, सत्र किलोलगायतका ठाउँमा ढुङ्गा र लेदो खसेको उनले जानकारी दिए। सडकमा खसेका ढुङ्गा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उनले बताए। निरन्तरको वर्षाका कारण ढुङ्गा पन्छाउन कठिन भएको उनले जानकारी दिए।
अर्को समाचार
टीकापुर र जानकीको नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
१० असोज २०८१
•
२ मिनेट पाठ
टीकापुर र जानकीको नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ। 




जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन अत्याधिक वर्षाको सम्भावना रहेको सूचना गरेपछि पालिकाहरूले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको हो।

जानकी गाउँपालिकाले नौ वटै वडालाई सबै गाउँ टोलमा चिराकी मार्फत सूचना प्रवाह गर्न निर्देशन दिएको छ। उसले स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र मार्फत वडा कार्यालयलाई यस्तो निर्देशन दिएको हो।

पथरैया नदीले प्रभाव पार्ने वडा नम्बर ४ र ७ का सबै गाउँ टोलमा चिराकीले सूचना प्रवाह गरिसकेको स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र प्रमुख नेत्रप्रसाद जैशीले जानकारी दिए। उनले अन्य वडामा समेत चिराकी परिचालनको तयारी भइरहेको बताए। 

‘अहिले पानी परेको अवस्था छैन। तत्काल सबै ठाउँमा आवश्यकता पनि छैन’ उनले भने–‘हामी तयारी अवस्थामा छौँ।’

उनले पालिकाका सबै गाउँ टोलका बडघर, चिराकी र केही सामाजिक अगुवाहरूलाई एसएमएस मार्फत सूचना प्रवाह गरिसकेको बताए।

सो गाउँपालिकाका ६ वडाका दर्जन बढी गाउँ टोल बाढीको चपेटामा पर्ने गरेका छन्। कर्णाली नदीले वडा नम्बर ३, ६, ९ र पथरैया नदीले वडा नम्बर २, ४, ७ का बस्तीमा हरेक वर्ष डुबान पार्ने गरेको छ।

त्यस्तै टीकापुर नगरपालिकाले समेत सम्भावित बाढीको क्षतिलाई कम गर्न नदी तटीय क्षेत्रमा ध्यान केन्द्रित गरेको छ। उसले स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र मार्फत बाढी प्रभावित क्षेत्रमा एसएमएस पठाइसकेको छ।

‘अहिले नै चिराकी परिचालन गर्दा त्रास फैलिन सक्छ भनेर एसएमएस मात्र पठाएका छौँ’ स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र प्रमुख निर्मला चौधरीले भनिन्–‘बाढीको अवस्था हेरेर सबै संयन्त्र परिचालन गर्छौ।’

नगरपालिकाका नौ मध्ये छ वडामा बाढीको प्रभाव बढी हुने गरेको छ। हरेक वर्ष वडा नम्बर २, ५, ६, ७, ८ र ९ मा कर्णाली, मोहना र पथरैया नदीले डुबान पार्ने गरेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले असोज १० देखी १३ गतेसम्म अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचना जारी गरेपछि बाढी प्रभावित क्षेत्रका पालिकाहरू चनाखो बनेका हुन।

महाशाखाले देशभरका ४९ जिल्लालाई उच्च जोखिममा राखेको छ। जसमध्ये सुदूरपश्चिमका कैलाली, अछाम, डोटी र कर्णाली प्रदेशका ५ जिल्ला समेत छन्। यी ८ वटै जिल्लाको वर्षाको पानी कर्णाली नदीमा मिसिन्छ। आठै जिल्लामा उच्च वर्षा भयो भने कर्णाली नदीमा पानीको बहाव उच्च हुने सम्भावना रहेको छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस