दाङमा जारी लकडाउन थप एक साता लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालयले असार ८ गते सम्म लकडाउन कायम राख्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर केहि घटेको भएपनि जोखिम भने कायमै रहेकाले लकडाउनलाई थप एकसाता बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर लकडाउनको स्वरुपलाई भने केहि खुकुलो पारिएको छ ।
प्रशासनका अनुसार बजार ब्यवसाय बिहान ६ बजे देखि १० गते सम्म सञ्चालन हुन पाउने छन् । यसैगरि सरकारी कार्यालय १० बजे देखि दिउँसो १ बजे सम्म खुल्ने भएका छन् । यस्तै होटेल ब्यवसायिहरुले प्याकिङ गरेर खाना नास्ता बिक्री वितरण गर्न पाउने छन् । बंक तथा बित्तिय संस्थाहरु बिहान १० देखि दिउँसो २ बजे सम्म सञ्चालन हुने पनि प्रशासनले जानकारी दिएको छ ।