काठमाडौं-दसैंलगत्तै भारतीय राजधानी नयाँदिल्ली पुगेका कास्की सुनकोटका पूर्वसैनिक बासुदेव तिमल्सिनालाई पूर्वी अफ्रिकामा राम्रो रोजगार पाउने अपेक्षा थियो।पोखराका शेरबहादुर थापाले उनलाई पूर्वी अफ्रिकाको कुनै देशको राष्ट्रसंघीय नियोगमै सुरक्षागार्डको जागिर लगाइदिने आश्वासन दिएका थिए।
१५ सय डलर मासिक तलब पाउने लोभले शेरबहादुरको पछि लागेका तिमल्सिना त्यतिबेला छांगाबाट खसेझैं भए, जतिबेला उनी तान्जानिया प्रहरीको हिरासतमा परे।
'१५ सय डलरभन्दा बढीको काम हुन्छ भनेको थियो,' बिहीबारै काठमाडौं आइपुगेका तिमल्सिनाले नागरिकसँग भने, 'तान्जानिया पुगेर अलपत्र परेँ।'
वैदेशिक रोजगारका दलाल थापाकै पछि लागेर उनी पोखराबाट काठमाडौं, नयाँदिल्ली हुँदै गत मंसिर २६ गते अफ्रिकी मुुलुक केन्याको नैरोबी पुगेका थिए। त्यहाँ रहेका अर्का दलालले उनलाई तान्जानियाको दार–ए–सलाम पुर्याइदिए। अध्यागमनले फर्कने टिकट नदेखेपछि तिमल्सिनालाई होटलबाटै पक्राउ गरेको थियो। चार दिन हिरासत काटेर फर्केका उनले काठमाडौंबाट हिँडेको एक सय एक दिनमा राजधानी आइपुगेको बताए। दिल्लीबाट बसमा काठमाडौं आइपुगेका तिमल्सिनाले दुःखमनाउ गरे, 'सात लाख रुपैयाँ गुमाएँ, बिरानो देशमा चार दिन प्रहरी हिरासतमा काटियो।'
तिमल्सिनासँगै प्युठानका हेमबहादुर केसी, बाग्लुङका दिलबहादुर सुनार र तनहुँका टीकाराम कामी बिहीबार काठमाडौं आइपुगेका छन् भने नवलपरासीका खड्कबहादुर कुँवर, रुपन्देहीका ओमप्रसाद थारू दिल्लीमा बसेर डुबेको पैसा उठाउने प्रयास गरिरहेको उनले बताए।
गैर आवासीय नेपाली संघ (एनआरएनए) तान्जानियाको सहयोगमा हिरासतमुक्त भएका उनीहरूले घरबाटै फर्कने खर्च मगाएका थिए। उनीहरूले दलाललाई विभिन्न चरणमा जनही ६ देखि ९ लाखभन्दा बढी रुपैयाँ बुझाएका थिए। यसरी बुझाउने सबै नेपाली र भारतीय सेनाका पूर्व सैनिक हुन्।
ठगिएकामध्ये केही राष्ट्र संघको शान्ति मिसनमा काम गरिसकेका पूर्व सैनिकसमेत छन्।
'राष्ट्रसंघले बाहिरबाट सुरक्षाका लागि लिँदैन भन्ने थाहा थियो,' तिमल्सिनाले भने, 'इराक र अफगानिस्तानजस्तो द्वन्द्वग्रस्त क्षेत्रमा काम गराउने होलान् भन्ने लागेर विश्वास गर्न बाध्य भयौंं। देश तोकेका थिएनन् तर विपन्स (हतियार) सहितको सेक्युरिटी गर्नुपर्छ भनेका थिए।'
उनीहरूलाई कतै नभए दक्षिण सुडान लगेर पनि काम दिने आश्वासन थापाको सञ्जालमा युगान्डामा रहेका दलाल 'विजय क्षेत्री' भनिने मोरङ शनिश्चरेका चक्रबहादुर भट्टराईले दिएको उनी सम्झन्छन्। 'हामीभन्दा अघि युगान्डा पुगेकाहरूसँग सम्पर्क भएन,' तिमल्सिनाले भने, 'उनीहरू काममा लागिसके भन्ने बु‰यौं। काम पाइन्छ भनेर ढुक्क थियौं।' तर उनीहरू पनि अलपत्र परेका रहेछन्।
दिल्लीमा उनीहरूलाई पहाडगन्ज बस्दै आएका पर्वत गिजनेका नारायण विश्वकर्माले चाँजोपाजो मिलाएका थिए। मानवतस्करीको यही सञ्जालले तिमल्सिनालाई मंसिर २६ गते नैरोबी पुर्याएको थियो। काठमाडौंबाट दिल्ली पुगेकाहरूलाई विश्वकर्माले चितवन पट्टिहानीका दामोदार ढकाललाई केन्या पुर्याउने जिम्मा लगाइदिएका थिए।
'ढकाल काठमाडौं–दिल्ली गरिरहन्छन्,' बाग्लुङका पीडित सुनारले नागरिकसँग भने, 'नैरोबी जाने बन्दोबस्ती उसैले मिलायो।'
बाग्लुङका सुनार मंसिर ४ गते संविधानसभा चुनावमा मतदान गरेर दिल्ली हिँडेका थिए।
उनीहरूलाई दलालले करिब डेढ महिना दिल्ली राखेर नैरोबी लगेका थिए। 'दुई–तीनजना, दुई–तीनजनाको समूह बनाएर पठाए,' तिमल्सिनाले भने, 'हामीभन्दा अघि नै दुईजना नैरोबीमा रहेछन्, हामीसहित एकै स्थानमा आठजना बस्यौं।'
दिल्ली पहाडगन्जस्थित एक होटलमा अझै सयौं नेपाली विदेश जाने प्रतीक्षामा अलपत्र रहेको उनीहरूले सुनाए। दलालले दिल्लीस्थित विमानस्थलमा समेत सेटिङ मिलाएको उनीहरूलाई सुनाउँथे। 'हवाई टिकट र होटल बुकिङ गरेको टिकट भएपछि विमानस्थलमा सोधखोज नै भएन,' तिमल्सिनाले भने।
केन्यामा नेपाली राहदानीबाहकलाई एयरपोर्टमै पुग्नेबित्तिकै भिसा (अनएराभल भिसा) उपलब्ध हुन्छ। उनीहरूले पनि त्यहाँ पुगेपछि तीन महिनाको टुरिस्ट भिसा प्राप्त गरे।
भट्टराई (पासपोर्ट नम्बर २९०७६९९) ले नैरोबीमा उनीहरूलाई विमानस्थलबाट 'रिसिभ' गरेका थिए।
'नैरोबीमा बस्नेदेखि सबै बन्दोबस्त विजयले गरेका थिए,' सुनारले सुनाए, 'युगान्डामा र केन्यामा जागिर भएन। तान्जानियामा छ भनेर हामी सबैलाई नैरोबीबाट बसमा हालेर दार–ए–सलामसम्म पुर्याउने काम विजयले गरेका थिए।'
तिमल्सिनासहित छजनालाई तान्जानियाली अध्यागमनले उनीहरू बसेको दार–ए–सलामस्थित होटलमा छापा मार्दा पक्राउ गरेको थियो। पक्राउ परेको चार दिनपछि मात्र तान्जानियास्थित गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू हिरासतमुक्त भएका थिए।
हिरासतबाट मुक्त गराउन उनीहरूलाई सँगै रहेका एक भारतीय व्यापारीले सघाएका थिए। 'ती व्यापारीले युगान्डा एनआरएनएका पूर्वअध्यक्ष कुल कार्की चिन्छु भन्दै नम्बर दिए, हामीले सम्पर्क गरेर सबै बेलिबिस्तार लगाएपछि कार्कीले नै तान्जानिया एनआरएनएलाई खबर गरिदिनुभयो।' लगत्तै तान्जानिया एनआरएनएका पदाधिकारीले उनीहरूलाई छुटाएर स्वदेश फर्काउने प्रक्रिया मिलाएका थिए।
उनीहरूले त्यति लामो यात्रा गर्दा पनि आफूहरू ठगिँदैछौं भन्ने कहिल्यै सोचेनन्। 'दार–ए–सलाममा पक्राउ परेपछि मात्रै ठगिएको थाहा पायौं,' तिमल्सिनाले भने।
त्यतिबेलासम्म उनीहरूले विभिन्न चरणमा गरी ६ देखि ९ लाख रुपैयाँ बुझाइसकेका थिए। 'केन्या पुग्नेबित्तिकै भट्टराईले बहाना बनाएर रिटर्न टिकट रद्द गराए,' तिमल्सिनाले सुनाए, 'केन्यामा अध्यागमन कर्मचारी र प्रहरीले दुःख दिन्थे, भट्टराई र भारतीय नागरिक सन्नीले मिलाउने गरेका थिए।' दलालहरूले पैसा झार्न प्रहरी र अध्यागमन कर्मचारी उपयोग गरेको आफूहरूले पछि मात्रै चाल पाएको उनले बताए।
एनरआरएनए अफ्रिका महादेश संयोजक हिक्मत थापाले दलालहरूलाई कारबाही गराउन दूतावासमा अपिल गरिएको बताए। 'भट्टराईको समूहले पछिल्लो समय धेरै नेपालीलाई अफ्रिका पुर्याएर अलपत्र पार्ने गरेको छ,' उनले नागरिकसँग भने, 'यो सञ्जालमाथि कारबाही गराउन पहल गर्दैछौं।'
भट्टराइकै सञ्जालबाट अफ्रिका पुगेका थप १४ पूर्वसैनिक केन्या र युगान्डामा अलपत्र छन्।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य भरत रिजालले पछिल्लो समय अफ्रिकी देशमा रोजगारीका नाममा ठग्ने क्रम बढेको बताए। 'बुझेर मात्रै आउनु राम्रो,' उनले भने, 'अफ्रिकामा त कम्पनी नै नक्कली पनि भेटिन्छन्।'