काठमाडौं– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई सर्वोच्च अदालत फर्कनबाट रोक्न कानुन व्यवसायीले आन्दोलन गर्ने भएका छन्। छाता संगठन नेपाल बार एसोसिएसनले रेग्मी पुनः प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालत फर्कन सक्ने भन्दै त्यसविरुद्ध आन्दोलनको तयारी गरेको हो।
बहालवाला प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिन नहुने पक्षमा रहेको बारले रेग्मीलाई फेरि अदालत फर्कन नदिने सुरुदेखि नै अडान लिँदै आएको छ।
आन्दोलनको स्वरुप तय गर्न आइतबार बारको कार्यसमिति, पूर्वअध्यक्ष र महासचिव एवं उपत्यका बारका अध्यक्ष तथा सचिवहरूको बैठक डाकिएको छ।
'प्रधानन्यायाधीश कार्यपालिका अध्यक्ष हुने विषयमा हाम्रो विरोध थियो, भइसकेपछि सर्वोच्चमा फर्कने कुरामा पनि हाम्रो विरोध रहँदै आएको छ,' बार महासचिव सुनील पोखरेलले नागरिकसँग भने, 'पर्सि आइतबार) को बैठक विरोधको शैलीबारे छलफलका लागि हो।'
बार कार्यसमितिले यसअघि नै रेग्मी सर्वोच्च फर्कनु नैतिक र संवैधानिक आधार नरहेको ठहर गरेको छ। 'उहाँ (रेग्मी) विरुद्ध अदालतको अवहेलनासमेत दर्जनौं मुद्दा विचाराधीन छन्,' पोखरेलले भने, 'यस्तो अवस्थामा उहाँ फर्कनु भनेको लाजमर्दो कुरा हो।'
'उहाँलाई सरकारको जिम्मा लगाउने बेला बंगलादेश, भुटानको खराब उदाहरण दिइएको थियो,' उनले भने, 'उहाँ सर्वोच्च फर्कनुभयो भने नेपालको न्यायपालिका त्यसभन्दा खराब उदाहरण बन्नेछ।'