काठमाडौं– सर्वोच्च अदालथले जनकपुरस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवलाई हटाउने गुठी संस्थानको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश तर्कराज भट्टको एकल इजलासले शुक्रबार गुठीको निर्णय फागुन ९ सम्म कार्यान्वयन नगर्न आदेश दिएको हो। आदेशमा नयाँ महन्त नियुक्त गर्नुको लिखित कारणसमेत महान्यायाधिवक्ता कार्यालयमार्फत पठाउन भनिएको छ।
अन्तरिम आदेशलाई निरन्तरता दिने–नदिने विषयमा छलफल गर्न अर्को एक सातापछि दुवै पक्षलाई अदालतमा बोलाइएको छ।
गुठीले हटाएपछि रामतपेश्वर अदालत गएका थिए। रिटमा उनले मन्दिरमा महन्त पद रिक्त नरहेको दाबी गर्दै विपक्षी जगदीशले गुठी संस्थानमा निवेदन दिएकै आधारमा आफूलाई हटाएको उल्लेख छ। 'विपक्षीहरुले मलाई अवकाश नै नदिई अर्को व्यक्ति नियुक्त गर्ने काम कानुनविपरीत छ,' रिटमा जिकिर छ।
आफू काम गरिरहेको स्थानमा एक्कासि अर्को व्यक्तिलाई कुनै जानकारीबिना नियुक्त गरिनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको दाबी गर्दै उनले उत्प्रेषणको आदेशले निर्णय बदर हुनुपर्ने माग निवेदनमा गरका थिए।
महन्तको पदावधि कतै किटान नगरिएको रिटमा जिकीर छ। 'कायम रहेका महन्तको मुत्यृ भएमा उसैको शिष्यले जिम्मेवारी पाउने परम्परा उल्लेख गर्दै रामतपेश्वरले यसअघि मृत्यु भएका महन्तको शिष्यका रुपमा आफूले जिम्मेवारी पाएको दाबीसमेत गरेका छन्।