काठमाडौं– डा. गोविन्द केसीलाई अस्पतालभित्रै अनशन बस्न नदिन त्रिवि पदाधिकारीले दबाब दिएपछि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर भगवान कोइरालाले पदबाट राजीनामा दिएका छन्। त्रिवि पदाधिकारीले पटकपटक दिएको दबाब झेल्न नसकेपछि आफूले शुक्रबारै उपकुलपतिसमक्ष राजीनामा दिएको कोइरालाले शनिबार सार्वजनिक गरेका हुन्।
त्रिवि उपकुलपति हिराबहादुर महर्जनले पनि कोइरालाको राजीनामा शनिबार स्वीकृत गरेको नागरिकलाई बताए।
त्रिवि पदाधिकारीको दबाबबारे कोइरालाले भने केही बताउन चाहेनन्। अघिल्लोपटक (पुस २७ देखि) अनशन बस्दा केसीलाई अस्पतालबाट नहटाइएको आरोप विभिन्न तहबाट आफूमाथि लगाइएको भने उनले स्विकारे।
'मैले राजीनामा दिएको हुँ, स्वीकृत भएको सुनेको छु, पत्र पाएपछि थप बोल्छु,' डा. कोइरालाले शनिबार राति नागरिकसँग भने, 'त्रिवि पदाधिकारी समस्या सुल्झाउनेभन्दा बल्झाउने मनस्थितिमा देखेपछि पदमा बसिरहन उपयुक्त देखिनँ।'
डा. कोइराला २०६९ मंसिर ३ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए।
संस्थामा वरिष्ठ व्यक्तिलाई डिन बनाइदिँदा मात्र पनि धेरै समस्या सल्टिने अवस्थामा पनि त्यो दिशामा पदाधिकारी तत्पर नदेखिएको कोइरालाले बताए। 'अस्पताल र संस्थानको यस्तो अवस्था हुँदा पनि त्रिवि पदाधिकारी थाहा नपाएजस्तो गरी बसेका छन्, सिनियरलाई डिन बनाइदेऊ भन्दा लफडाबाजी गर्ने मान्छे खोज्ने?,' उनले थपे।
उपकुलपति महर्जन भने डा. कोइरालाले काम गर्न सक्दिनँ भनेर राजीनामा दिएको बताउँछन्। 'काम गर्न सक्दिनँ भनेपछि बस्नुस् कसरी भन्ने?,' उनले नागरिकसँग भने।
त्रिवि उच्च स्रोतका अनुसार त्रिवि पदाधिकारीले यसपटक पनि अस्पतालमा अनशन बस्न रोक्न नसके कोइरालालाई कारबाही गर्ने चेतावनी दिएका थिए। यसबारे कोइराला र त्रिवि पदाधिकारीबीच त्रिविमै बिहीबारदेखि नै पटकपटक वार्ता भएको स्रोत बताउँछ। कोइरालाले भने डा. केसीको आन्दोलन प्रक्रियामा आफ्नो असहमति रहे पनि नैतिकता र उनका एजेन्डामा समर्थन रहेको भन्दै अस्पतालबाट हटाउन नसक्ने जवाफ दिएका थिए।
उनले बिहीबारै राजीनामा बुझाउन खोज्दा महर्जनले शुक्रबारसम्म सकारात्मक निकास निकाल्ने भन्दै पर्खन आग्रह गरेका थिए। शुक्रबार कोइरालाले राजीनामा दिएपछि एक सातादेखि उपत्यकाबाहिर रहेका रजिस्टार चन्द्रमणि पौडेललाई काठमाडौं झिकाइएको थियो। लगत्तै बसेको पदाधिकारी बैठकले कोइरालाको राजीनामा स्वीकृत गर्दै केसीको आन्दोलनविरुद्ध कडा रुपमा प्रस्तुत हुने रणनीति बनाएको थियो।
अघिल्लो अनशनका क्रममा त्रिवि पदाधिकारीकै दबाबमा कोइरालाले केसीलाई पहिले बसेको ठाउँ अडिटोरियममा नबस्न सल्लाह दिएर तल्लो तलामा रहेको फ्याकल्टी डक्टर्स कक्षमा बस्न भनेका थिए।
केसी १४ दिनसम्म सोही ठाउँमा अनशन बसेका थिए शनिबार पनि केसी अडिटोरियम हलमै बस्न चाहेका थिए। तर अस्पताल प्रशासनले उक्त कक्षमा ताल्चा लगाइदिएको थियो। साँचो नपाएपछि विद्यार्थीहरुले ‰यालबाट छिरेर कोठा खोलेका थिए।
उच्च स्रोतका अनुसार डा. कोइरालाको सट्टा डा. केसीको अनशनविरुद्ध रहेका अस्पतालका एनाटोमी (शरीर संरचना विज्ञान) विषयका शिक्षक डा. रतिन्द्र श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशक जिम्मेवारी दिइसकिएको छ।
श्रेष्ठले आफू अस्पतालमा निमित्त कार्यकारीको जिम्मेवारीमा आइसकेको भन्दै आइतबार नै केसीलाई अनशनस्थलबाट हटाउने बताउन थालेका छन्।
महर्जनले अस्पतालको अहिलेको समस्या सल्टाउन सक्नेेलाई जिम्मेवारी दिने भन्दै त्यो व्यक्ति रतिन्द्र पनि हुनसक्ने बताए। श्रेष्ठ हालै त्रिविद्वारा गठित सिफारिस समितिमा समेत सदस्य छन्।
डा. श्रेष्ठलाई जिम्मेवारी दिइए वरिष्ठ चिकित्सक र आवासीयले पनि सेवा छाड्ने र प्रवेश नै रोक्ने चेतावनी दिएकाले समस्या झन् जटिल बन्ने देखिएको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. केदारनरसिंह केसीले आन्दोलनविरोधीलाई निमित्त दिनु र शान्तिपूर्ण अनशन बसेकालाई हटाउँछु भन्नुले त्रिवि पदाधिकारी शिक्षण अस्पताललाई रणभूमि बनाउने चालमा रहेको टिप्पणी गरे। 'यो भन्दा द्वन्द्व निम्त्याउने कुरा के होला?,' उनले भने।
श्रेष्ठ यसअघि नै केसीलाई अस्पतालमा अनशन बस्न दिन नहुने पक्षमा थिए। 'म भोलिबाट जिम्मेवारीमा आउँछु, आफैं नहटे केसीलाई सडकमा लगेर छाडिदिन्छु,' श्रेष्ठले विभिन्न चिकित्सकसँग शनिबार साँझ भनेको एक चिकित्सकले उद्धृत गरे।
अस्पतालमा डा. ईश्वर लोहनी डेपुटी कार्यकारी निर्देशक पदमा कार्यरत रहेपछि त्रिविले उनलाई निमित्त दिएन। कार्यकारी निर्देशक नभएको अवस्थामा डेपुटी नै स्वतः निमित्त कार्यकारी हुने सामान्य प्रचलन छ।