काठमाडौं - त्रिभुवन विश्वविद्यालयले वरिष्ठ चिकित्सक डा. आर के श्रीवास्तावलाई चिकित्सा शास्त्र अध्ययन संस्थानको नयाँ डिन प्रस्तावित गरे पनि सेभ आइओएम कमिटीले विश्वविद्यालयपदाधिकारीको राजीनामा नअाएसम्म अान्दोलन नराेकिने जनाएको छ।
वरिष्ठताको आधारमा श्रीवास्तवलाई डिनका रुपमा प्रस्तावित गरिएको थियो। 'भ्रष्ट पदाधिकारीको प्रस्ताव मानिन्न। त्रिवि पदाधिकारी वर्खास्त नै आन्दोलनको वटमलाइन हो,' कमिटीका संयोजक डा. विनोद पोखरेलले भने। शिक्षण अस्पतालमा अनशनरत प्रा डा. गोविन्द केसीले श्रीवास्तवलाई डिनका रुपमा स्वीकार गर्न सकिने भए पनि उनी नयाँ पदाधिकारीबाट सिफारिस हुनुपर्ने जनाएका छन्।