काठमाडौं– विदेशी ग्रिनकार्ड/पिआर (स्थायी बसोबास अनुमति) लिएका सार्वजनिक (सरकारी) पदमा कार्यरत व्यक्तिलाई पदबाट बर्खास्त गर्न माग गर्दै दायर रिट बुधबार सर्वाेच्च अदालतले दरपिठ गरेको छ। सार्वजनिक पदमा रहेका व्यक्तिले विदेशी नागरिकता वा पिआर लिनु गैरकानुनी भएकाले त्यस्तो व्यक्तिलाई पदबाट बर्खास्त गर्न माग गर्दै अधिवक्ता कपिलदेव ढकाल, अनिलकुमार श्रेष्ठ र प्रेमप्रसाद घितालले संयुक्त रूपमा दायर रिट सर्वोच्चले दर्ता नगरेको हो।
रिटमा निवेदकले उठाएको विषयवस्तुबाट के कस्तो संवैधानिक वा कानुनी हक–अधिकार हनन भयो भन्ने स्पष्ट उल्लेख नभएकाले संवैधानिक वा कानुनी प्रश्नबाहेकका अस्पष्ट खाले विषयमा रिट दर्ता नगरिएको सर्वाेच्चका रजिस्टार लोहितचन्द्र शाहले बताए।
रिटमा अधिवक्ताहरूले विदेशी नागरिकता वा पिआर लिने कार्यलाई निरुत्साहित गर्ने कानुन बनाउन र विदेशी पिआर लिएकालाई बढुवामा सिफारिस गर्ने लोकसेवा आयोगको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न पनि माग गरिएको थियो।