काठमाडौं- पाठ्यपुस्तक बिक्रेताले विद्यालयमा पाठ्यपुस्तक बिक्री गरेको विवरण सरकारलाई बुझाउनुपर्ने भएको छ। सरकारले विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या यकिन गर्नका लागि बिक्रेतालाई यस्तो विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। शिक्षा विभागमा मंगलबार पाठ्यपुस्तक वितरण व्यवस्थापन केन्द्रीय अनुगमन समितिको बैठकले पाठ्यपुस्तक बिक्रेताले आफूले बिक्री गरेको पाठ्यपुस्तकको विवरण र विद्यालयको नाम जिल्ला शिक्षा कार्यालय,जनक शिक्षा र साझा प्रकाशनलाई अनिवार्य बुझाउनुपर्ने नियम बनाएको हो।
समिति सदस्य सुप्रभात भण्डारीले पाठ्यपुस्तक बिक्रीवितरण गरेको विवरण बिक्रेताले सरकारलाई बुझाउँदा स्कुलमा अध्ययन गर्ने विद्यार्थीको यकिन तथ्यांक उपलब्ध हुने बताए। 'सरकारले बर्सेनि पठ्यपुस्तकमा अर्बौं रुपैयाँ खर्च गरेअनुसार विद्यार्थीले हातमा पाठ्यपुस्तक नपाएको गुनासो आउँछ,' भण्डारीले नागरिकसँग भने, 'अब बिक्रेताले स्कुलको नाम र आफूले बिक्री गरेको पाठ्यपुस्तकको प्रतिवेदन सरकालाई बुझाउँदा विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीको तथ्यांक यकिन हुन्छ।'
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक तथा समिति सदस्य दिवाकर ढुंगेलले गलत मनसायले फर्जी विद्यार्थीको नाममा पाठ्यपुस्तकको रकम दुरुपयोग रोक्न नयाँ नियम ल्याइएको जनाए। 'बिक्रेताले विद्यालयको नाम र आफूले कति किताब कुन विद्यालयमा बेचेको हो, त्यसको तथ्यांक सम्बन्धित जिल्लामा पेस गर्दा विद्यार्थी तथ्यांकमा शुद्धीकरण हुन्छ,' ढुंगेलले नागरिकसँग भने, 'पाठ्यपुस्तको रकम दुरुपयोग भएको गुनासा धेरै आएकाले समितिले यस्तो नियम बनाएको हो।' यस वर्ष विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले मात्र पाठ्यपुस्तक पाउने उनको दाबी छ।