सर्लाही-सर्लाहीको सेखौनाबाट तीन जना लुटेरा हतियार सहित पक्राउ परेका छन्। मलंगवा स्थित महालक्ष्मी बैकबाट पैसा निकालेर हरकठवा(पश्चिम) जाँदै गरेका जंगली महतो र उनकी श्रीमती गीता महतोसँग रहेको रुपैयाँ लुटेर भाग्दै गरेका तीन जनालाई हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।बुधबार साँझ सर्लाही मोतिपुर –३ का राजेश साह, दिनेश साह र खुटौना–६ का सुरज पासवानलाई हतियार सहित पक्राउ गरिएको हो। उनिहरुको साथबाट एक थान कटुवा पेस्तोल, तीन राउण्ड गोली र बीआर३०ए७८३९ नम्बरको मोटसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक रबिन्द्र बहादुर धानुकले बताए। बैकबाट १ लाख ११ हजार पैसा झिकेर जाँदै गर्दा महतोलाई बुधवार साँझ सेखौना गाविसको बकैनिया भन्ने स्थानमा तीनै जना हतियार देखाएर कुटपिट गर्दै रुपैया लुटेका थिए।
अर्को समाचार
तीन लुटेरा हतियार सहित पक्राउ
अर्को समाचार
पेस्तोलसहित तीन लुटेरा पक्राउ
महोत्तरी-गौशाला प्रहरीले हतियार सहित ३ जना लुटेरालाई पक्रेको छ। गौशाला नगरपालिकास्थित औरहीमा बस्ने लुटेरा दलका मुख्य नाइके अजयकुमार कर्णसहित ३ जनालाई नवराजपुरबाट पक्रेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश सुवेदीले बताए।
लुटेराहरुको साथबाट प्रहरीले एक थान नलकटुवा पेस्तोल, १ थान गोली, चारवटा मोबाइल सेट र एक थान खुकुरी बरामद गरेको निरीक्षक सुवेदीले जानकारी दिए।
गौशालाको मरहा खोला किनारमा ५ जनाको समूहमा रहेका लुटेराले बाटो पर्खेर बसेर मोटरसाइकलमा सवार तीनजना यात्रुलाई हातहतियार देखाएर लुटेको खबर पाए लगतै प्रहरीले लखेटेर उनीहरुलाई पक्रन सफल भएको हो।
लुटेरा पक्रने क्रममा प्रहरी र लुटेराबीच केहीबेर घम्साघम्सी समेत भएको थियो। सो क्रममा दुईजना लुटेरा भाग्न सफल भएको प्रहरीले जनाएको छ।

यो पनि पढौँ
ट्रेन्डिङ