आरोही युवराजले फहराए सगरमाथामा नाछिरिङको व्यानर
०६ असार २०७८
•
२ मिनेट पाठ
आरोही युवराजले फहराए सगरमाथामा नाछिरिङको व्यानर
खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका हिमाल आरोही युवराज नाछिरिङले विश्वको सर्वोच्च शिखर सगरमाथामा किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर फहराएका छन् । हाल बुढानिलकण्ड नगरपालिका–१० आकाशेधारा निवासी नाछिरिङले सगरमाथाको ८ हजार ५ सय मिटर उचाईमा चढेर किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर फहराएका हुन् । 

२०७४ साल जेठ ९ गते हाड इन्टरनेसनल एभरेष्ट एक्सपिडिशन मार्फत सगरमाथाको सफल आरोहण गरेका नाछिरिङले यसपल्ट सगरमाथाको बाल्कुनीमा पुगेर किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर फहराएका हुन् । आमादव्लम, आइसल्याण्ड, मेरापिक लगायतका हिमाल आरोहण गरिसकेका नाछिरिङ पुन: सगरमाथाको दोश्रो आरोहणका लागि किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर बोकेर आरोहणमा गएका थिए । तर, प्रतिकूल मौसमका कारण दोश्रोपल्ट सगरमाथाको शिर चुम्ने प्रयास भने असफल भएको नाछिरिङले बताए ।  

दोश्रो पल्ट सगरमाथाको शिखर पुग्ने प्रयास असफल भए पनि उनी ८ हजार ५०० मिटर उचाईमा संस्थाको व्यानर पहिलोपल्ट पुर्‍याउन सफल भएका छन् । किरात राई समुदायका पहिलो सगरमाथा आरोही युवराज किरात रदु नाछिरिङ साखाम केन्द्रको सल्लाहकार हुन् । उनले सगरमाथाको बाल्कुनीमा संस्थाको व्यानर फहराएर नाछिरिङ राईको गौरवमय इतिहास बनाएको किरात रदु नाछिरिङ साखाम केन्द्रकी उपाध्यक्ष कमलकुमारी राईले बताईन् । 

एउटै टोलीका युवराजसहित सात नेपाली र सात जना विदेशी आरोहीमध्ये चार विदेशी र दुई नेपाली मात्र सगरमाथा शिखरमा पाइला राख्न सफल भएका छन् । युवराजसहित पाँच नेपाली र तीन विदेशी भने प्रतिकूल मौसमका कारण ८ हजार ५०० मिटरबाटै ओर्लिएका हुन् । यसपल्ट आरोही नाछिरिङको गाला हिउँले खाएको छ । उनले सन् २००९ मा मेरापिक, सन् २०१० मा आइसल्याण्ड पिक, सन् २०११ मा लबुछे पिक, सन् २०१८ मा आमादव्लम तथा भारतका स्टक ख्रांग्री लगायतका चुचुराको सफल आरोहण गरिसकेका छन् । सगरमाथा आरोही युवराज बाबु हेमबहादुर राई र आमा धनकुमारी राईका छोरा हुन् ।
अर्को समाचार
कतारी राजकुमारी अलथानीले गरिन अन्नपूर्ण हिमालको आरोहण
०३ वैशाख २०८०
•
२ मिनेट पाठ
कतारी राजकुमारी अलथानीले गरिन अन्नपूर्ण हिमालको आरोहण
कतारी राजपरिवारकी सदस्य शेखा अस्मा अलथानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्।  

कतारी राजकुमारी अलथानी प्रख्यात पर्वतारोही निर्मल (निम्स) पुर्जासँगै अन्नपूर्णको चुचुरोमा शनिबार बेलुकी ४ बजे पुगेकी हुन्।विभिन्न तालिम सहित प्रशिक्षणपछि कतारी राजकुमारीले आरोहण गरेको एलिट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए। 

कतारी राजकुमारी अलथानी पर्वतारोहणको क्षेत्रमा विश्व रेकर्ड कायम गरेका निर्मण पूर्जाको जन्मगाउँ अन्नपूर्ण–३ दानामा समेत भब्य स्वागत गरिएको थियो।एक महिना अगाडी दानामा आएकी राजकुमारी अलथानीले आरोहणका लागि आवश्यक पर्ने सम्पूर्ण तालिम सम्पन्न गरेपछि आरोहणमा सहभागी भएकी थिईन्।उनी अन्नपूर्ण हिमालको आरोहण गर्ने पहिलो कतारी महिला बनेकी छन्।

राजकुमारी अलथानीले विश्वको सर्वोच्च शिखर सगरमाथा, पाकिस्तान र चीनको सिमानामा अवस्थित ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’र ल्होत्से आरोहण गर्ने पहिलो कतारी महिलाका साथै अरवी देशबाट कञ्चनजङ्घा र मनास्लुको शिखरमा पुग्ने पहिलो महिला भएको एलिट एक्सपिडिसनले जनाएको छ।उनले विश्वका १४ हजार मिटर अग्ला चुुचराहरु पुरा गर्ने लक्ष्य सहित आरोहणमा सहभागी छन्।

अहिलेसम्म ८ हजार मिटर भन्दा माथिका १४ मध्ये ७ चुचुरो पार गरिसकेकी छिन्। १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ भने अरू पाकिस्तान र चीनमा छन्।यो सिजनमा एलिट एक्सपिडिसनबाट अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलास्डेयर स्कट म्याकेन्जीले अन्नपूर्ण आरोहण गरिन्। 

म्याग्दीमा ८ हजार मिटर माथिका धौलागिरी र अन्नपूर्ण हिमाल पर्छ। फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० बर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेका थिए। उनीहरूले सन् १९५० को जुन ३ अर्थात् २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए। पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)  निर्मल पूर्जासँग आरोहणलाई विदेशीले सुरक्षित महसुस गर्ने गरेका छन्। 

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस