जातीय विभेद गर्ने घरबेटीको बचाउमा शिक्षामन्त्री लागेको भन्दै मोर्चाको बिरोध
१० असार २०७८
•
२ मिनेट पाठ
जातीय विभेद गर्ने घरबेटीको बचाउमा शिक्षामन्त्री लागेको भन्दै मोर्चाको बिरोध
जात व्यवस्था उन्मुलन मोर्चा, नेपालले कोठाको विषयमा जातीय विभेद गर्ने घरबेटीको बचाउमा वर्तमान शिक्षामन्त्री नै लागेको भन्दै बिरोध जनाएको छ। दलित भएको थाहा पाएपछि सञ्चारकर्मी रुपा सुनारलाई कोठा दिन अस्वीकार गर्ने काठमाडौं ववरमहलकी सरस्वती प्रधानलाई उन्मुक्ती दिनेगरी शिक्षामन्त्री लागेको भन्दै जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल बागमती उपत्यका सम्पर्क समितिले भत्र्सना गरेको छ।  




जात व्यवस्थामा आधारित विदेभका कारण कोठा भाडामा नदिइएको घट्ना पश्चात विकसित परिस्थितिको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै मोर्चाका बागमती उपत्यका सम्पर्क समितिका संयोजक महावीर बिश्वकर्माले सरकारकै शिक्षामन्त्री उपस्थित भएर मुद्धालाई अवरुद्व गराइ पीडकलाई उन्मुक्ति दिने वातावरण सुनिश्चित गर्न लाग्नुले वर्तमान राज्य जात व्यवस्था र त्यसजन्य भेदभाव र उत्पीडनलाई दृढतापुर्वक मलजल गर्न चाहन्छ भन्ने यथार्थ छर्लंग भएको जनाएका छन्।

बुधबार विज्ञाप्ती जारी गर्दै मोर्चाले जातीय भेदभावको मुद्धा सरकारबादी मुद्धा हुने र पीडितको पक्षबाट सरकारले मुद्धा लड्नुपर्नेमा पिडकलाई उन्मुक्ती दिन अघि सरेको उल्लेख गरेको छ। एक सञ्चारकर्मी, एक कलाकार र एक संगठित अधिकारकर्मीसँग सम्वन्धित मुद्धालाई राजधानीको केन्द्रमै साधारण कानूनी प्रकृयामा समेत जान नदिनुले झन् राजधानी बाहिरको स्थिति कस्तो होला भन्ने अत्यासलाग्दो यथार्थ उद्घाटन भएको मोर्चाले जनाएको छ। मोर्चाले भेदभावलाई ढाकछोप गर्न, उल्टै पीडितलाई लाञ्छित गर्न र कतिपय सामाजिक संगठनहरु साम्प्रदायिकताको गन्ध मिश्रित गतिविधिमा उत्रनुले बागमती उपत्यकाभित्र जात व्यवस्था कति जव्वर भएर क्रियासिल रहेछ भन्ने यथार्थ प्रमाणित भएको विज्ञाप्तीमा उल्लेख गरेको छ।  

यस्तै, जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल केन्द्रिय समितिले पनि संविधानको धारा २४ को १ मा व्यवस्था भएको ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ती, जात, जाति, समुदाय, पेशा, व्यवसासय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत तथा विभेद गरिने छैन’ भन्ने प्रदत्त अधिकार विपरित भएको विभेदलाई ढाकछोप गर्न खोज्नु विकसित चेतना विपरितको कुरा भनेको छ।  

जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल केन्द्रिय समितिका संयोजक राजकुमार हिङमाङले विज्ञाप्तीमार्फत रुपामाथि भएको जातीय विभेदको विरुद्धमा न्याय खोज्नु कुनै समुदायको विरोध नभएको स्पष्ट पारेका छन्। गत असार १ गते दलित भएको थाहा पाएपछि रुपालाई घरबेटीले कोठा दिन अस्वीकार गरेको मोर्चाले जनाएको छ।  
अर्को समाचार
सोती फैसलाको पूर्ण पाठ: ‘हुलले लखेट्दै कुट्दै नदीमा बगाएर मार्‍यो’
२९ माघ २०८०
•
३ मिनेट पाठ
सोती फैसलाको पूर्ण पाठ: ‘हुलले लखेट्दै कुट्दै नदीमा बगाएर मार्‍यो’
फाइल तस्बिर
तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जानेगरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ। रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीले गत मंसिर १९ मा गरेको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा जातीय विभेदकै कारण गाउँलेले ६ जना युवकलाई कुटपिट गरी मारेको ठहर गरिएको छ।




२०७७ जेठ १० मा गाउँलेले घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए। आक्रमणपछि नवराज विकसहित २१ वर्षीय सन्जु विक, १७ वर्षीय गणेश विक, १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र २० वर्षीय टीकाराम सुनारको मृत्यु भएको थियो। उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो।

जिल्ला अदालतले वस्तुतः जातीय विभेदजन्य काम आपराधिक भएको व्याख्या गरेको छ। ‘जातीय विभेदजन्य काम व्यक्तिको सम्मान र प्रतिष्ठामा आँच पुर्‍याउने आपराधिक कार्य हो,’ अदालतले भनेको छ। अदालतले जातीय भेदभावको कुरा सबै मानवबराबर मर्यादा र अधिकारसहित स्वतन्त्र रूपमा जन्मेका हुन्छन् भन्ने मानवअधिकारको विश्वव्यापी घोषणापत्रको विपरीत हुने ठहर पनि गरेको छ।

नेपाल पक्ष राष्ट्र भएका विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताले जातीयताको आधारमा गरिने कुनै पनि भेदभाव तथा बहिष्करणलाई पूर्णतः निषेध गरेका छन्। खासगरी जातीय विभेदविरुद्धको महासन्धि, १९६५ ले जातजाति, वंश, पेसा, समुदायका आधारमा हुने भेदभाव उन्मूलन गर्नुपर्ने व्यवस्था गरेको छ। तर नेपालमा अझै पनि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन, निराकरण, नियन्त्रण हुन नसकेको अदालतले उल्लेख गरेको छ।

यस्ता जातीय छुवाछुत र विभेदको अन्त्य गर्ने अभिप्रायले नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा जातीय भेदभावविरुद्धको हकको व्यवस्था गरी भेदभावपूर्ण व्यवहारलाई दण्डनीय मानिएको छ। जातीय तथा अन्य सामाजिक छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ मा पनि जातीय आधारमा हुने भेदभावलाई दण्डनीय भनिएको छ।

जातीय विभेद तथा छुवाछुतजन्य कार्य आफैं गर्ने तथा अरूमार्फत गराउने कुरालाई मात्रै निषेध गरिएको नभएर त्यस्तो भेदभाव तथा छुवाछुतजन्य निषेधित कार्यलाई समर्थन गर्ने, दुरुत्साहन गर्ने वा उक्साउने कामलाई समेत वर्जित गरी दण्डनीय बनाइएको छ।

ऐनको दफा ४ अन्तर्गत जातीय भेदभाव तथा छुवाछुतका निषेधित आधारहरूको सूची पनि प्रस्टसँग उल्लेख गरिएको छ। त्यस्ता निषेधित आधारहरूमा प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेसा पर्छन्। यीमध्ये कुनै पनि आधारमा कसैले कसैउपर कुनै विभेदजन्य काम गरे वा गराएमा जातीय भेदभाव तथा छुवाछुत गरेको मानिन्छ।

गाउँलेले लखेटेरै मारे

जातीय विभेदका कारण गाउँलेले हुल बाँधी लखेटेरै रुकुम पश्चिम सोतीमा ६ युवकको ज्यान लिएको ठहर जिल्ला अदालतको छ। प्रतिवादीहरूले एकआपसमा गुट बनाई संयुक्त रूपमा वारदात गराएको अदालतले भनेको छ। समूहमा बसेर एकले अर्कालाई उकासेर, हौसाएर हात हालेकाले सबै सजायको भागीदार हुनुपर्ने अदालतको ठहर छ।

गाउँलेले नवराजसहित ६ जनालाई लखेट्दै, कुट्दै भेरी नदीको भंगालोमा पुर्‍याई थप कुटपिट गरेको अदालतको ठहर छ। ‘...घेरा हाली नवराज विकसमेतलाई भेरी नदीको भंगालोसमेतमा पु¥याई कसैले माथिबाट ढुंगा हान्ने कसैले नदीको भंगालोमा पुगी हानी नदीमा बगाइदिएको’, अदालतले भनेको छ, ‘परिणामस्वरूप नवराज विक, गणेश बुढा, सञ्जु विक, लोकेन्द्र सुनार, टीकाराम नेपाली र गोविन्द शाहीको मृत्यु भएको देखिन्छ।’

अदालतको फैसलामा, ‘कसले बढी कुट्यो, कसले कम, कसको प्रहार घातक भयो, कुनै कसैले कुटेन जस्ता तथ्यमा जानुभन्दा पनि ज्यान लिने अथवा सामूहिक कुटपिट गर्ने मनसायले समूहमा बसी एकअर्कालाई उकासी हौसाएर हात हालेर कुटपिट गरेमा सबै प्रतिवादी समान रूपमा सहभागी भएको मानिने र समान सजायको भागीदार हुने,’ भनिएको छ।

सर्वोच्च अदालतले यसअघिको मुद्दामा कायम गरेको नजिर पनि जिल्ला अदालतले उल्लेख गरेको छ। सामूहिक सक्रियताका कारण ६ जनालाई कर्तव्य गरी मारेको पुष्टि भएको निक्र्योल अदालतले गरेको हो। उनीहरूलाई कुटपिट गरी भेरी नदीमा बगाएको र सोही कारण मृत्यु भएको अदालतको ठहर छ।

कुटपिटबाटै मृत्यु भएको नवराज विकको शव परीक्षण प्रतिवेदनमा पनि उल्लेख छ। ‘मृतकहरूलाई कुटपिट गरी भेरी नदीमा बगाएको र सोही कारण मृतकहरूको मृत्यु भएको परिणामकोे कुनै घटना घटेको’ फैसलामा भनिएको छ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस